तमु ल्होछार पर्वमा विविध कार्यक्रम


पुष १५ शारदानगर
पश्चिम चितवनमा रहेका गुरुङ समुदायहरुले पनि नयाँ वर्ष २६६४ औ तमु ल्होछार विविध कार्यक्रम गरि मनाएकाछन् । पश्चिम चितवन भरतपुर १९ बखानपुर शारदानगरमा रहेको टसिलिङ वौद्ध गुम्बा परिसरमा पनि विभिन्न कार्यक्रम गरि तमु ल्योसार  तमु ल्होछार विविध कार्यक्रम मनाइएको छ । भरतपुर महानगरपालिका १५,१७,१९, र २० अन्र्तगतका श्री बखान गुठी , टसिलिङ वौद्ध गुम्बा र ((तमु) राष्टिय परिष्द ईकाई बखानुर शारदानगरको आयोजनामा विभिन्न कार्यक्रम ल्होछार पर्व आयोजना गरिएको छ । अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी चितवनका वरिष्ठ समाजसेवी तोपमानसिह गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी गले तमु ल्योछार पर्व सरकारले विदा नदिएकोमा आपत्ती जनाउनु भयो । । उहाँले अहिलेको भन्दा अगाडिको सरकारले ल्योछारमा विदा दिन मिल्ने अहिलेको सरकारलै नमिल्ने भन्दै किन भन्दै वर्तमान सरकारलाई जवाफ समेत माग्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा अध्यक्ष कर्ण बहादुर गुरुङ वरिष्ठ समाजसेवी चन्द्रध्वज गुरुङ , प्यासन चितवनका केन्द्रिय सदस्य बेलबहादुर गुरुङ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा चर्चित कलकार प्रशान्त तामागं लगायतका कलकारहरुको समेत प्रस्तुती रहेको थियो । कार्यक्रममा वखान गुठीमा सहयोग गर्नुहुने विभिन्न आमा समुहलाई सम्मान समेत गरिएको छ । ल्योछारकै अवसर पारेर गुम्बा समितीले सोमवार विभिन्न खेलकुद प्रतियोगीता पनि आयोजना समितीका सचिव रणवहादुर गुरुङले जानकारी गराउनु भयो ।पुष १५ गतेलाई गुरु समुदायलै नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । गतवर्ष मृर्ग वर्ग सकिएर मुसा वर्ग आज मंगलबाट शुरु भएको छ ।


 नयाँ वर्ष २६६४ औ तमु ल्होछारको अवसर पारेर भरतपुर महानगरपालिका १८ गुञ्जनगरमा रहेकोे मु.म.ला क्होइबो तमु गुम्बामा पनि विविध कार्यक्रम गरीएको छ । मु.म.ला तमु गुम्बा गुठी व्यवस्थापन समितीका  अध्यक्ष मंगल  गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा मुमला तमु गुम्बाका अध्यक्ष  टेक बहादुर गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । सो अवसरमा ४० वर्ष भन्दा माथिका उमेर समुह बिच सियोमा धागो छिराउने प्रतियोगीता , म्युजिकल चिएर , डोरो तान्ने प्रतियोगीता लगायतका विभिन्न कार्यक्रम गरिएको  गुम्बाका सचिव बलकाजि गुरुङले जानकारी दिनुभयो ।सो गुम्बामा बुद्ध पुर्णिमा लगायत जन्म मृत्यु सस्कार का विभिन्न कार्यक्रमहरु गरिने समेत सचिव गुरुङले बताउनु भयो पुष १५ गतेलाई गुरु समुदायलै नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । 
त्यसैगरि भरतपुर २० भिमनगरमा रहेको छेप्पल टासी कम्र्युपा गुम्बा मा पनि ल्योछारको अवसरमा विभिन्न खेलहरु खेलाइएको छ । ागुम्बाका अध्यक्ष चन्द्र बहादुर अध्यक्षतामा भएको सो कार्यक्रममा डोरी तान्ने , घैटो फुटाई , चम्चीदैड , सियोमा धागो छिराउने लगायतका विभिन्न खेलहरु आयोजना गरिएको गुम्बाका सचिव बेलबहादुर जानकारी दिनु भयो । 
 

 

प्रतिकृया दिनुहोस