अर्याल बन्धुको साधरणसभासगै कुलपुजाँ
अर्याल बन्धुको साधरणसभा र कुल पुजाँ सम्पन्न
अर्याल बन्धुको साधरणसभा र कुल पुजाँ सम्पन्न
भरतपुर ,मंसिर २६
अर्याल बन्धु समाज चितवन विहिवार भरतपुर ११ छिम्केशरी टोलमा रहेको बन्धुसमाजको कुल मन्दिर परिसरमा सामुहिक कुल पुजाँ एव १३ औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा उपस्थित बन्धुसमाजका जेष्ठ सदस्य रन्नता देवि अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष धुर्वराज शर्मा अर्याल, समाजसेवी सुर्य अर्याल सल्लाकारहरु जगदिश अर्याल , समाजसेवी सुर्य अर्याल ,कृण्णहरि अर्याल ,हरिशचन्द्र अर्याल ,कृण्ण प्रसाद अर्याल लगायतले बोल्नु भएको थियो ।
अर्याल बन्धु समाज चितवनका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्दिरा देवि शर्माले स्वागत मन्त्वय दिनु भएको थियो ।। सो अवसरमा सचिव जनकबन्धु अर्याल वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला अर्याल आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।मन्दिर परिसरमा अर्यालहरुको कुलदेवता वराह भगवान र कुल ऋषि आत्रेयको मन्दिर समेत निमार्ण गरिएको छ । सो कार्यक्रममा समाजको मन्दिर लगायत भौतिक संरचना निमार्ण र कुर्चि भाडाहरु लगायतका सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
जिल्लामा छरिएर रहेका अर्याल बन्धुहरु विच भाईचाराको सम्बन्ध कायम गर्न २०६४ सालमा समाजको स्थापन गरिएको सचिव जनकबन्धु अर्यालले जानकारी दिनु भयो । हाल बन्धु समाजमा २९५ आजिवन सदस्य आवद्ध भएकाछन् । बन्धुसमाजले प्रत्येक वर्षको धान्य पुर्णिमा र मष्टो पुर्णिमा कुल पुजाँ कार्यक्रम आयोजना गर्ने गर्दछ ।
प्रतिकृया दिनुहोस