विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जानकी मन्दिरमा
जनकपुरधाम – सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छिन् ।
नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम पुगेकी हुन् ।
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरमा रेड कार्पेटले स्वागत गरेको हो।
भारतको उत्तर प्रदेश स्थित अयोध्यबाट विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आएका जन्तीलाई स्वागत गर्न आएका राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ समेत गरिन् । शुक्रबार बिहान ११:३० बजे जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा झण्डै २० मिनेट पूजापाठ गरेकी थिएन् ।
पूजापाठ पछि प्रदेश २ को मुख्यमन्त्री कार्यालयले आयोजना गरेको दिवा भोजमा सहभागी भएकी छिन् ।
राष्ट्रपति भण्डारीले रङभूमी मैदान (बाह्रबिग्हा) पुगी भारतबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालसहितका व्यक्ति विवाह महोत्सवमा सहभागी हुन आएका छन् ।धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन् ।
प्रतिकृया दिनुहोस