अखण्ड हरिनाम संकिर्तन मनोकामना मन्दिरमा


मंसीर ५ रोदीगाउँ चितवन
भरतपुर २६ मा रहेको मनोकामना कालिका मन्दिरको आयोजनामा मन्दिर परिसर रोदीगाउँमा १२ घण्टे अखण्ड हरिनाम संकिर्तन विहिबार सम्पन्न भएको छ । मनोकामना कालिका मन्दिर का अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा उद्घाटन समारोहमा पश्चिम चितवनमा रहेका ३२ मन्दिरका अध्यक्ष दण्डपाणि काफ्ले प्रमुख अतिथी रहनु भएको थियो ।सो अवसरमा प्रमुख अतिथी काफ्लेले शास्त्रीय मान्यता अनुसार धर्म सस्कृतिको संरक्षण लागि संकिर्तन कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
परामनन्द वैदिक गुरुकुल गुञ्जनगरका बटुकहरुले स्वति वाचन समेत गरि शुरु गरिएको कार्यक्रममा अखण्ड हरिनाम संंकिर्तन का संयोजक शेषकान्त पौडेल ,नेपाल कार्यक्रममा रेडक्रस उपशाखा चनौलीका सभापति लक्ष्मीकान्त दवाडी, मनोकामना मन्दिर लेखा समितीका संयोजक चक्रप्रसाद शर्मा , वैदिक सनातन धर्म समितीका क्षेत्रिय अध्यक्ष वावुराम पौडेल, लगायतले मन्त्य दिनु भएको थियो । शिव गणेश दुर्गा मन्दिर मिलनचोक , कैलाशपति शिवालय मन्दिर शुक्रनगर , कालिका मन्दिर ज्योतिनगर , भृकुटी महिला समुह , शान्त महिला बचत समुह ,गौरी आमा समुह , प्रगति महिला समुह , उज्जवल भविश्य महिला समुह ,पुर्णिमा आमा समुह ,हरिहर मन्दिर खदौली , महाकाली मन्दिर खद्रौली र राधाकृण्ण मन्दिर जनकपुर लगायतका समुह तथा मन्दिरका भक्तजनहरुले पालैपालो अखण्ड हरीनाम संकिर्तन सहभागी भएका थिए । भरतपुर महानगरपालिकाका वडा १८,२४,२५,२६,२७,२८ मा रहेका ३२ मन्दिरहरु को मिली सयुक्त समिती बनाएको र सो समिती मार्फत आलोपालो सबै मन्दिरहरुमा प्रत्येक महिनाको ५ गते १२ घण्टे अखण्ड किर्तन कार्यक्रम आयोजना गरेको सो किर्तन संयोजक शेषकान्त पौडेले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...