सिद्धिदात्री दुर्गामन्दिरमा धार्मिक अनुष्ठान

 

गैडाकोट ,चैत्र १९
गैडाकोट १० कोटिहोम स्थली,पीतौजी नवलपुरमा रहेको श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा रामनवमी पर्वको अवसर पारेर नवदुर्गा उपासना सहितको विभिन्न धार्मिक अनुष्ठान गरिन लागिएको छ । आगामि चैत्र २२ गते देखि ३० गते सम्म नवदुर्गा उपासना सगै निराहार व्रत साधना , नियमीत किर्तन , होम होमादि , विहान योग साधना का कार्यक्रम गरिन लागिएको अनुष्ठान कार्यक्रमका संयोजक मनोहरी कण्डेलले जानकारी दिए । सो अनुष्ठानको उद्धघाटन पुर्व सांसद ,समाजसेवी तथा दानविरका रुपममा परिचीत मैयादेवी श्रेष्ठले एक विशेष समारोहका विच २२ गते गरिने संयोजक कण्डेलले बताए । कार्यक्रमको उद्धध्घाटन सगै आश्रमका सचिव योगार्चाय यदुनाथ पोखरेल पानी मात्र सेवन गरि साधन समेत गर्ने भएकाछन् । सचिव पोखरेलले मानव जिवनमा योगसाधनाको महत्व अपार भएको भन्दंै कागती पानीकै भरमा ९ दिनै योगसाधनको कार्यक्रम आफैले चलाउने समेत बताए ।
सेन राजाका पालादेखि नै पुर्जा अर्चना गरिने सो क्षेत्रको ऐतिहासीक महत्व कोटिहोम कार्यक्रमले प्रकास पारेको वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम देवघाटका संरक्षक शान्त प्रसाद पोखरेलले बताए। कोटिहोम स्थलीको रुपमा परिचित नवलपुरको सो क्षेत्र बह्रमलीन गुरु योगीनरहरीनाथले २०४५ सालमा कोटिहोम लगाएका थिए । यस क्षेत्रमा यस अघि पनि विभिन्न धार्मिक अनुष्ठानहरु सम्पन भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...