भारतीय दूतावासले गर्‍यो संस्कृत सम्मेलन

चैत्र७,काठमाडौं 

 भारत सरकारको संस्कृति मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावासको आयोजनामा चैत ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा त्रिदिवसीय अन्तर्राष्ट्रिय संस्कृत संगोष्ठी सम्पन्न भएको छ । "संस्कृत नेपाल र भारतको साझा सम्पत्ति " शिर्षक दिइएको सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा डा गंगाप्रसाद उप्रेती र नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरीले चैत्र पाँच गते एक भव्य समारोहबिच समुद्घाटन गर्नुभएको हो । नेपाल र भारतका संस्कृत क्षेत्रका पाँच सयभन्दा बढी विद्वान विदुषीहरुको सहभागिता रहेको सम्मेलनमा तीन दर्जन भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संयोजन विबेकानन्द केन्द्रका प्रमुख एवम् दूतावासका सचिव डा केदारनाथ शर्माले गर्नुभएको थियो  र नेपालीतर्फको व्यवस्थापनमा वाल्मीकि विद्यापीठले समन्वय गरेको थियो । नेपाली तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने विद्वानहरुमा प्रा डा माधव भट्टराई , प्रा डा काशीनाथ न्यौपाने, प्रा दिनेशराज पन्त, प्रा डा आमोददवर्धन कौडिन्यायन, डा साम्बराज आचार्य, प्रा ऋषिराम रेग्मी, प्रा डा ऋषिराम पोख्रेल, प्रा डा नारायणप्रसाद गौतम, प्रा विष्णुराज आत्रेय, डा माधव लामिछाने, डा बद्री पोख्रेल, डा शेखर दाहाल, प्रा भीमप्रसाद खतिवडा, प्रा रमेश घिमिरे, प्रा रामदयाल राकेश, प्रा काशिराज सुवेदी, डा गणेश घिमिरे, प्रेमराज न्यौपाने, डा गुरुप्रसाद सुवेदी, डा बासुदेवकृष्ण शास्त्री लगायत हुनुहुन्थ्यो भने भारतीय विद्वानहरुमा सत्यव्रत शास्त्री, प्रा डा अभिराज राजेन्द्र मिश्र, प्रा दिप्ति त्रिपाठी, प्रा डा रामकान्त पाण्डेय लगायत हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले समापन सत्रको सभापतित्व गर्नुभएको थियो । समापन सत्रमा भारतका विद्वान हरेकृष्ण सतपथीले सम्मेलनको संकल्पका रूपमा केही प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

ती संकल्प प्रस्तावका सारांश यसप्रकार रहेका छन् । 

संस्कृतका माध्यमले नेपाल र भारतको बिचमा सुमधुर संबन्धको शुभारम्भ गरिने , दुई देशको संयुक्त संस्कृत अध्ययन केन्द्र स्थापना गर्ने, भारतमा योग तथा आयुर्वेद अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने, यस्ता संस्कृत सम्मेलन प्रतिवर्ष पालैपालो नेपाल र भारतमा आयोजना गर्ने जसका लागि समबन्धित देशका सरकारलाई सहयोग माग गर्ने, नेपाल र भारतमा रहेका संस्कृत विश्वविद्यालय बिच सहकार्य गरि संस्कृतको  अनुसन्धान गराउने , नेपाल र भारतमा संस्कृत अध्ययन अध्यापन गर्ने शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत कम्तीमा दुई सातादेखि दुई वर्षसम्मका कार्यक्रम समावेश गर्ने, नेपाल र भारतका संस्कृत क्षेत्रका चारचार जना विशेषज्ञ सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन गर्ने लगायतका संकल्प पारित गरिएको छ । तीन दिनका जम्मा १३ वटा सत्रमा पचासवटा शोधपत्र प्रस्तुत गरिएको यो सम्मेलन संस्कृत र संस्कृति रक्षाका लागि ऐतिहासिक सम्मेलन भएको कार्यक्रममा सहभागीहरुले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पंचगव्य चिकित्सा किन?

हाम्रो शरीर जुन पाँच महाभुतहरु ( 5 compound element) बाट बनेको छ ति सबै गऊताको गव्यहरुमा उपलब्ध छ...