गजेन्द्रमोक्षनारायण मन्दिरको उद्घाटन ५ सय ५५ जनाबाट
त्रिवेणीधाम ÷नवलपुरको त्रिवेणीमा रहेको गजेन्द्रमोक्षदिव्यधामका निर्माण गरिएको गजेन्द्रमोक्षनारायण मन्दिरको आइतबार फागुन १९ गते समुद्घाटन गरिने भएको छ । सोही दिन मन्दिरमा गजेन्द्रमोक्षनारायण भगवत प्राणप्रतिष्ठा समेत गरिने छ । आइतबार एक भव्य समारोहकाबीच मन्दिरका ५ सय ५५ जना संस्थापक सदस्यबाट संयुक्त रुपमा मन्दिर समुद्घाटन गर्ने तयारी भएकोस्वामी कृष्ण प्रपन्नाचार्य करपात्रीले जानकारी दिए ।
अनन्त श्री विभूषित मुक्तिनाथ पिठधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज ( श्रीमुक्तिनाथबाबा) को सत्संकल्पमा वि.सं २०६८ साल चैत्र रामनवमीको अवसरमा एक सय ५५ जनाबाट सामुहिक शिलान्यास गरिएको मन्दिर करिव ६ वर्षमा तयार भएको हो ।नेपालको प्यागोडा एवम् भित्री दक्षिण भारतको दैविक सम्पदासम्पन्न वास्तु शैलीको अनुपम स्वरुपमा निर्माण गरिएको मन्दिर नेपालको धार्मिक सम्पदाको महत्वपूर्ण पाटो बन्ने गजेन्द्रमोक्षधामका अध्यक्ष कृष्णप्रसाद शर्माले दावी गरे । करिव २५ विगाह क्षेत्रफलमा फैलिएको गजेन्द्रमोक्षधाममा निर्माण गरिएको गजेन्द्रमोक्षनारायण मन्दिर वैदिक धर्म तथा देवदेवीको संग्रहालयका रुपमा देख्न सकिने उनको भनाई छ ।करिव २५ करोडको लगानीमा निर्माण गरिएको विशाल मन्दिरमा ५ सय भन्दा बढी मूर्ति निर्माण गरिएकाछन् । मन्दिरमा रामायणकालिन कथालाई आकर्षक मूर्तीबाट वर्णन गरिएको छ, आचार्य परम्परा, बुद्धको जीवन लगायतका धार्मिक महत्वका सम्पूर्ण जानकारी दिने मूर्ती राखिएकाछन् । मन्दिरमा ३१ वटा ढोका तथा ९६ वटा झ्याल छन् । मन्दिर समुद्घाटन समारोहको अवसर पारेर फागुन १९ देखि २५ गतेसम्म सप्तदिवसीय श्री गजेन्द्रमोक्षनारायण भगवत पाणप्रतिष्ठा महामहोत्सव एवम् अष्टोत्तरशत श्रीविष्णुपुराण ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
महायज्ञ अवधीमा विभिन्न विधिसंगै १ सय ८ बटुकहरुबाट शंखनाद गरि अष्टोत्तरस श्रीवीण्णुसहस्रनाम महायज्ञ , ४ वेद १८ पुराण १००८ पाठपारायण गरि कार्यक्रमलाई दिव्य बनाइने छ । विश्वको एकमात्र शालीग्राम पाइने कालीगण्डकी नदीकोे किनारमा नै अवस्थित रहेको ऐतिहासीक भूमि गजेन्द्रमोक्षधामको बारेमा पौराणिक कथाहरुमा समेत उल्लेख गरिएको छ ।गजेन्द्रमोक्ष धामका बारेमा स्कन्धपुराणको भागवत महापुराण अन्तरर्गत आठौ स्कन्ध को २ ÷३ अध्यायमा उल्लेख भए अनुसार भगवान् विष्णु बैकुण्ठलोक मा रहेका बेला हात्तिलाई गोहीले आक्रमण गरेपछि विष्णु भगवान् गरुण्डमा सवार भई आएर हात्तीलाई बचाएका थिए ।सोही कथा अनुसार अहिले पनि मन्दिर नजिकको नारायणी नदीको ढुगांमा हात्तीको पाइला र गोहीको आकृति देख्न सकिन्छ । गज अर्थात हात्तीले मोक्ष प्राप्त गरेको ठाँउ नै गजेन्द्रमोक्षधामका रुपमा प्रख्यात भएको हो ।
गजेन्द्रमोक्षदिव्यधामका मुक्तिनाथ पिठ वेद पाठशाला, यज्ञशाला, गौशाला , धर्मशाला र पाकशाला रहेकाछन् । मुक्तिनाथ पिठ वेद पाठशालामा ६ कक्षा देखि १० कक्षासम्म अध्यापन गराइन्छ । हाल ७० जना विद्यार्थीले गुरुकुल शिक्षा ग्रहण गरिरहेको अध्यापक सुदर्शन वडालले जानकारी दिए । यस्तै गौशालामा एक सय १५ स्थानिय जातका गाई पालन गरिएको छ । एक हजार जनाको क्षमता रहेको धर्मशाला तथा पाकशालामा निशुल्क भोजनको व्यवस्था गरिन्छ । गजेन्द्रमोक्षदिव्यधामबाट चितवनमा रहेको बाल्मिकीआश्रम सजिलै पुग्न सकिन्छ ।डुंंगाबाट एक घण्टाको यात्रामा बाल्मिकीआश्रम पुग्न सकिन्छ भने ६ किलोमिटर मोटरबाटो जाँदा भारतहुँदै जानु पर्दछ । बाल्मिकीआश्रममा नै महर्षी बाल्मिकीले रामायण लेखेका थिए भने सीताले लबकुशलाई जन्म दिई पाताल प्रवेश गरेको कथन छ जसको वर्णन गजेन्द्रमोक्षनारायण मन्दिरका र्मूीहरुमा पनि उल्लेख छ ।
प्रतिकृया दिनुहोस