पश्चिम चितवनको छितामाईमा दशहरा मेला हुने

 

चितवन । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैँको अवसर पारेर भोलि बुधबार घटस्थापनादेखि महाअष्टमीसम्म तेस्रो छितामाई तथा नवदुर्गा पूजा एवं दशहरा मेला सञ्चालन हुने भएको छ ।
पटिहानी मध्यवर्ती उपभोक्ता समिति, बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह र थारु कल्याणकारी सभा बेलोध प्रगन्ना क्षेत्र नं. ५ ले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् । मेलाको संरक्षकमा भरतपुर महानगरपालिका वडा नं. १३, १४ र २२ रहेका छन् ।

मेला आयोजनामा चार लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मेलाको खर्च आयोजक र संरक्षक संस्थाहरुबाट जुटाइने संयोजक शंकर महतोले जानकारी दिनुभयो । आठ दिनसम्म चल्ने मेलामा छितामाईको पूजा आराधना साथै दुर्गा भगवतीको पूजा, आराधना र सप्तमी अर्थात् फूलपातीको दिन गोरखा कालिकाबाट छितामाईसम्म फूलपाती भित्र्याउने कार्यक्रम रहेको मेला आयोजक मूल समिति संयोजक महतोले बताउनु भयो । मेलामा सबै दिन थारु झाम्टा, लोक तथा आधुनिक नृत्य लगायत विविध साँस्कृतिक कार्यक्रम हुने उहाँले बताउनु भयो ।

मेलाको बारेमा जानकारी दिन मंगलबार छितामाई क्षेत्रमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, असोज २४ गते खुल्ला भजन किर्तन प्रतियोगिता, २५ गते खुल्ला भलिबल, २६ गते खुल्ला ब्यटमिन्टन र २७ गते महिला समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछन् । असोज २८ गते लोकदोहोरी र भेट्रान भलिबल प्रतियोगिता, २९ गते डुंगादौड  र कुखुराको भाले समाउने प्रतियोगिता हुनेछ ।ध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा दुर्लभ वन्यजन्तु एक सिंगे गैंडाका साथै अन्य जनावहरु सहजै देख्न पाइने भएकाले धार्मिक पर्यटनलाई सँगसँगै अगाडि बढाउन लागिएको मेलाको प्रचारप्रसार उपसमिति संयोजक अपिल घिमिरेले बताए । छितामाईलाई आदिबासी थारुहरुले परापूर्व कालदेखि नै आराध्यदेवीको रुपमा पूजा गर्दै आएका छन् । चितवनमा विफर, औलो, हैजा जस्ता महामारी रोगबाट बच्न अस्पताल, औषधिमुलो नभएको बेलामा यिनै देवीको पूजा आराधाना गर्दा निको हुने गरेको विश्वास समेत रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...