देवघाट गौशालाका संरक्षित गौहरुको स्वास्थ्य परीक्षण

चितवन । चितनवको देवघाटमा रहेको देवघाट गौशालाका संरक्षित गौहरुको स्वस्थ्य परिक्षण तथा खाद्यन्न औषधी वितरण गरिएको छ । एनिमल नेपालले विश्व पशु दिवसको अवसर पारेर बुधवार त्यहाँ रहेका २५ गाईगोरुको स्वास्थ्य परीक्षण तथा खाद्यन्न औषधी वितरण गरेको हो । परीक्षणका क्रममा अधिकांश गाईहरुमा जुका, नाम्ले र माटेदेखिएको एनिमल नेपालले जानकारी दिएको छ । उनीहरुलाई रोग अनुसारको औषधी समेत दिइएको बताइएको छ ।

मशानघाटमा छाडा गाइगोरुहरुले दुःख दिन थालेपछि देवघाटमा दुई वर्षअघि गौ संरक्षण केन्द्र स्थापना गरिएको थियो । तर, सञ्चालन गर्न निकै कठिन भएको गौशाला संरक्षण समितिका अध्यक्ष बाबुराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार दानपेटिकाबाट संकलित रकमबाट जेनतेन दाना परालको गुजरा चलेपनि कर्मचारीलाई तलब खुवाउन सकिएको छैन । यहाँ दुई जना कर्मचारी छन् ।

एनिमल नेपालले दातृनिकायबाट सहयोग मागेर १५ बोरा दाना र ५० केजि नुन समेत प्रदान गरेको छ । बुधवार नै देवघाटका कुकुरलाई रेविजको भ्याक्सिन लगाइएको एनिमल नेपालकी दिपा केसीले जानकारी दिनुभयो ।

यस्तै एनिमल नेपालले विश्व पशु दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगितामा शरदपुरकी बिनिता बास्तोला प्रथम हुनुभएको छ । । ११ जनालाई पछाडि पार्दै उहाँ प्रथम भएको हो । यस्तै गणेश पौडेल द्धितिय र शुक्रनगरका विवेक सुनुवार तृतीय हुनुभएको छ ।: नारायणी अनलाइन

प्रतिकृया दिनुहोस

साताको लोकपृय

घटस्थापना टिकाको साइत,नवदुर्गा देवीलाई के नैवेद्य चढाउने !

काठमाडौं । नवरात्रमा सके रामायण पाठ नसके भगवान श्रीरामको स्तुति सम्पूर्ण मानवहरुले गाउनु पर्दछ।रा...