असोज १४ गते सोमबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग

 वि. सं. :       २०८१ असोज १४ गते सोमबार

इ.सं. :         30th September 2024 (Monday)

सूर्योदय:       विहान ०५:५६ बजे

सूर्यास्त:        बेलुका १७:४९ बजे

तिथि :         त्रयोदशी १९:१६ सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष :            आश्विन कृष्णपक्ष

नक्षत्र :          मघा ०८:०३ सम्म, तत्पश्चात् पूर्वाफाल्गुनी

योग :            शुभ २७:३२ सम्म, तत्पश्चात् शुक्ल

करण :          गर ०६:३० सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि:       सिंह

ऋतु :             शरद्

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ। 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
 विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ।  परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
 नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  टाढाको यात्रा फलदायी हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
 आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पढाइमा प्रगति हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
 आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
 नयाँ कारोबारबाट बढी फाइदा लिने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
 मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
 पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।  शत्रुहरू पराजित हुनेछन् । समाजसेवाका कामबाट लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
 रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
 आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा  यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन सुरु हुन सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

घटस्थापना टिकाको साइत,नवदुर्गा देवीलाई के नैवेद्य चढाउने !

काठमाडौं । नवरात्रमा सके रामायण पाठ नसके भगवान श्रीरामको स्तुति सम्पूर्ण मानवहरुले गाउनु पर्दछ।रा...