माडीमा नेपालकै अग्लो र ठूलो परशुको प्रतिमा प्रतिस्थापन हुने

चितवन । माडी-१, पाण्डवनगरस्थित (निर्माणाधीन) परशुराम धाममा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो जस्तै हतियार)को प्रतिमा प्रतिस्थापन हुन लागेको छ ।

परशुराम पार्क निर्माण समितिका कोषाध्यक्ष एवम् बन्चरो निर्माण अभियानका अभियन्ता रामजी सापकोटाले खियाबाट जोगाउन स्टिलको परशु निर्माण गरिएको र घटस्थापनाको दिन माडी आइपुग्ने जनाउनुभयो । खुला ठाउँमा राखिने हुँदा खियाबाट जोगाउन स्टिलको परशु निर्माण गरेको उहाँले बताउनुभो ।

बन्चरो निर्माणमा चार लाख ७० हजार रूपैयाँ खर्च भएको र अब बन्चरो राख्नको लागि फलाम र पित्तल मिश्रित बिँड तथा जग निर्माण गरिने उहाँले जानकारी दिनुभयो । निर्माण समितिले बन्चरोसहितको पार्क निर्माणको लागि करिब एक करोड खर्च हुने अनुमान गरेको छ ।

समग्र गोद्धक परशुराम क्षेत्रको पर्यटन विकास गर्दै माडीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन परशुरामको हतियारको प्रतिक २७ फिट अग्लो परशु (बञ्चरो)को प्रतिमा राखिन लागिएको हो । प्रकृतिप्रेमी भगवान परशुरामको पुण्य भूमि रहेको सो स्थानमा स्थापित हुने सो संरचना 'नेपालकै अग्लो परशु (बञ्चरो)'का रुपमा प्रचार-प्रसार हुनेछ ।: swadesh post

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...