लोक कल्याण सेवा प्रतिष्ठानको आफ्नो १४ औ वार्षिक साधरणसभा सम्पन्न

काठमाडौं । देवधाट धाममा रहेको श्री राम जानकी बालिका आश्रम सञ्चालन गरिरहेको लोक कल्याण सेवा प्रतिष्ठानले आफ्नो १४ औ वार्षिक साधरणसभा काठमाडौको मित्रपार्कमा आईतवार सम्पन्न गरेको छ । सो साधरणसभाका प्रमुख अतिथी शान्तिधामका पिठाधिश १००८ स्वामी चतुर्भुजाचार्य चुडामणी महाराज रहनुभएको थियो । 

कार्यक्रममा उहाँले सस्था स्थापनाकाल देखि नै बालिका आश्रम सञ्चालन गरेर छोरीहरुको सम्मानमा सस्था लागेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले आश्रममा प्रदान गरिने आध्यात्मिक ज्ञानले बालिकाहरुको बौद्धिक विकास हुनुको साथै समाजमा सकारात्मक संदेश गएको भनाई राख्नुभयो । साथै उहाँले सस्थाले १०८ भागवत लगाउने संकल्पले समाजमा धार्मिक जागरण छरेको समेत बताउनु भयो । 

कार्यक्रममा विशिष्ठ अतिथि बाग्मती प्रदेश सभा सदस्य समिता खड्कीले प्रतिष्ठानले बालिका आश्रम सञ्चालन गर्नु निकै चुनौतीपूर्ण कार्य भएको भन्नुहुदै  यसले   सन्तानबिचको विभेद चिर्ने पनि सहयोग पुगेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सावित्री टन्डन –(नेपाली माता)को अध्यक्षतामा सम्पम सो कार्यक्रममा काठमाडौ महानगरपालिका वडा ९ का प्रतिनिधि ,  सामाजिक तथा धार्मिका व्याक्तित्वहरु उपप्राध्यापक लक्ष्मण सुवदी , डा श्री राम आर्चाय , डा राजेन्द्र रेग्मी , सेवा प्रतिष्ठानका आजिवन सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा बालिका आश्रमका बालिकाहरुले  स्वतीवाचन ,स्वागत नृत्य लगायतको प्रस्तुती प्रस्तुत गरेका थिए ।

सो अवसरमा सस्थाका महासचिव रामेश्वर खनालले वार्षिक प्रतिवेदन तथा सस्थाकै छोरी सुनीता लोककल्याणीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यकmमको सहजीकरण सस्था कै छोरी निलम लोककल्याणीले गर्नुभएको थियो ।

काठमाडौमा वि.स २०६८ सालमा स्थापना भएको लोक कल्याण सेवा प्रतिष्ठानले देवघाटधाममा बालिका आश्रम सञ्चालन गरिरहेको छ । आश्रममा हाल ३१ जना बालिकाहरु रहेका छन् । उनीहरु शिशु कक्षा देखि स्जातक सम्म विभिन्न विद्यालय र कलेजमा अध्यन गरिरहेका छन् । आश्रमममा रहेका ५१ जना बालिकाहरुको पारिवारिक पूर्नमिलन समेत आश्रमले गराएको अध्यक्ष नेपाली माताले जानकारी गराउनु भयो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...