चनौली चौकीमा भगवती मन्दिरको समुद्घाटन ,अगाडी मौलौ पनि गाडियो

भदौ ४, चनौली, चितवन । इलाका प्रहरी कार्यालय चनौली परिसरमा भगवती मन्दिरको समुद्‌घाटन
पुनम मगर, सनम रिमाल
अपराध नियन्त्रण र रोकथाम मार्फत समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्य प्रहरीको एकल प्रयासले मात्र संभव नहुने चितवन जिल्लाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालले बताउनु भयो । इलाका प्रहरी कार्यालय चनौलीका प्रमुख प्रहरी निरिक्षक हिम बहादुर के. सी. को विशेष समन्वयात्मक भूमिकामा इलाका प्रहरी कार्यालय चनौली परिसरमा निर्माण भएको नवनिर्मित भगवती मन्दिरको समुद्‌घाटन समारोहमा उहाँले यस्तो बताउनु भएको हो ।
सो अवसरमा उहाँले सामुहिकताबाट नै समाजको उन्नती, प्रगती र शान्ति सुरक्षा कायम हुन सक्छ भन्दै भगवती मन्दिरको निमार्ण देखि समुद्‌घाटन सम्मका कार्य सामुहिकताको प्रयासबाट सम्पन्न भएको भनाई राख्नु भयो । समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी समुदायको हातेमालोले मात्र सम्भव हुने समेत सो क्रममा उहाँले बताउनु भयो । 
समुद्‌घाटन समारोहमा उहाँले भगवती भगवान प्रहरी समुदायको इष्ट देवता भएको भन्नु हुदै भगवती भगवानको प्राण प्रतिष्ठा सहित मन्दिरको समुद्‌घाटन गर्न पाउदाँ खुशी लागेको बताउनु हुदै नवनिर्मित मन्दिरबाट सत्यको पथमा हिड्न र अपराधजन्य पापहरुलाई निरूत्साहित गर्न पनि सबैलाई शक्ति प्रदान गरुन भनी कामना समेत गर्नु भएको छ । 
कार्यक्रमका विशिष्ठ अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष बाबुराम रानामगरले प्रहरी परिसरमा स्थापित मन्दिरले अपराधी मानसिकतामा परिर्वतन हुन सक्ने भनाई  राख्नु भयो  । उहाँले वडा पनि समुदायको शान्ति सुरक्षाको कायम गर्न नेपाल प्रहरीसगँ सदैव साथसाथै रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी निमित्त प्रहरी प्रमुख रिजालले मन्दिर निमार्णमा सहयोग गर्नु भएका विभिन्न महानुभावहरुलाई सम्मान पत्रले सम्मानित समेत गर्नुभयो । मन्दिरमा राखिएको भगवतीको मुर्ति भारत उत्तर प्रदेश गोरखपुर निवासी सामाजिक व्याक्तित्व अजय शर्माले प्रदान गर्नुभएको हो । कार्यक्रम समद्‌घाटन कार्यक्रममा उपस्थित रहनु भएका शर्मालाई ढाका टोपी समेत लगाई दिएर सम्मान पत्रका साथ सम्मान गर्नुभयो । उहाँसगै आउनुभएको गोरखपुर कै आध्यात्मिक तथा सामाजिक व्यक्तित्व दिनेश यादव फौजीलाई पनि प्रमुख अतिथी रिजाले सम्मान गर्नुभयो । कार्यक्रममा मन्दिर तथा इलाका प्रहरी कार्यालय चनौलीको सुधार एवम् स्तरोन्नतीमा सहयोग गर्नुभएका भरतपुर महानगरपालिका, भरतपुर चितवन परिवार, भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरका नवराज बस्नेत, भरतपुर महानगरपालिका वडा नं. ११ का  देवेन्द्र श्रेष्ठ, गुञ्जनगर साना किसान कृषि सहकारी संस्था लिमिटेड चनौली, पश्चिम चितवन सुनचाँदी व्यवसायी संघ चनौली, सोम बहादुर गुरूङ, भरतपुर महानगरपालिका वडा नं. १०, एस. बि. कन्स्ट्रक्शन प्रा. लि. भरतपुर महानगरपालिका वडा नं. २६, भरतपुर महानगरपालिका वडा नं. १५ फुलबारीका राजु गुरूङ, भरतपुर महानगरपालिका वडा नं. २५ का प्रकाश लामा दोङ, भरतपुर महानगरपालिका वडा नं. २६ मिलन चोकका बुद्धि ढकाल, भरतपुर महानगरपालिका वडा नं. २० भीमनगरका कृष्ण भण्डारी, भरतपुर महानगरपालिका वडा नं. २६ नमस्ते चोकका सन्दिप पौडेल, गैडाकोट २ नवलपरासी (सुस्ता पूर्व) का विकास आचार्य लगायतले सहयोग गर्नु भएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ । भरतपुर २४ स्थित लोप्चन विकास सप्लायर्स एण्ड कन्स्ट्रक्शन प्रा. लि. ध्रुव बजारले समेत इलाका प्रहरी कार्यालय चनौलीको स्तरोन्नती र मन्दिर निर्माणमा इलाका प्रहरी कार्यालय चनौलीमा कार्यरत प्रहरी जवान सविन थापाले समेत उल्लेखनिय भूमिका निर्वाह गरेको कार्यालय प्रमुख प्र. नि. हिम बहादुर के. सी. ले बताउनु भएको थियो ।
मन्दिरमा भगवतीको मुर्तीलाई वैदिक विधि अनुसार नै हवन लगायतको अनुष्ठान गरि प्राण प्रतिष्ठा गरिएको थियो । आज नै मन्दिर अगाडी मौलो पनि स्थापना गरिएको छ । प्रहरी कार्यालय परिसरहरुमा भगवतीको मन्दिरका साथ मौलो पनि गाड्ने चलन रहेको सो समारोहका पुजारी पन्डित जनार्दन सुवेदीले जनाउनु भयो । मन्दिर समुद्‌घाटन कार्यक्रमको सहजीकरण प्र. नि. हिम बहादुर के. सी. गर्नु हुदै सम्पूर्ण सहयोगी मनहरूलाई विशेष धन्यवाद समेत व्यक्त गर्नु भएको थियो 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...