तुलसी सेवन गर्नुका यस्ता छन् फाइदा

काठमाडाैं । हिन्दूहरू धर्मवलम्बीहरु तुलसीको मोठ बनाएर पूजा गर्छन्  ।  तुलसीलाई भगवान् श्री विष्णुको स्वरुप मानिन्छ । तुलसी एक प्रकारको झार बिरुवा हो। यो हिमाल पहाड , तराई सबै ठाउमा पाईन्छ ।तुलसीलाई प्राचीन कालदेखि नै औषधि उपचारका लागि अतिनै महत्वपूर्ण मानिदै आएको छ।  भोग जगाउन ,झाडाबाज्ता रोक्न ,शक्ति बढाउन ,ज्वरो ,औलोज्वरो ,कम गर्न र कब्जियत निको पार्न , पिसाब पोलेमा ,मुख गनायमा , दाँत दुखेमा ,पेट फूलेमा , रूघा लागेमा पिनास भएमा , दम बढेमा , मोटोपन ,रतन्धो , दुबी ,चाया ,कुष्ठरोग ,वायु ,मुटु , प्रसवपीडा , यौनरोग ,धनुरोग , दाद , चर्मरोग आदि भएमा , घाँटी दुखेमा , अतिसार भएमा बिच्छीले टोकेमा , सर्पले टोकेमा ,तुलसी उपयोगी मानिन्छ । 

एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन् ।  हिन्दु धर्ममा  मुखमा तुलसी राखिदिन परम्परादेखि चलि  आएको चलन हो । हिन्दुहरु मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने  गर्छन् ।

धार्मिक दृष्टिले घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ ।
अघि सती नारी वृन्दाले विष्णुलाई श्राप दिसकेपछि तुलसीको रूपमा परिणत भई  मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने तर्क पनि रहेको छ। सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसी हाल पनि 
उत्तिकै महत्वपूर्ण रहेको छ । 

यी तीन प्रकारका हुन्छन् स्
१. वन तुलसी
२. रामा तुलसी
३.कृष्ण तुलसी


वन तुलसी स् यो जङ्गली प्रजातिको तुलसी हो। यो २ मिटर सम्मको अग्लो हुन्छ र स्वाद भने मरिच जस्तो पिरो हुन्छ। कृष्ण तुलसी स् यसलाई श्यामा तुलसी पनि भनिन्छ। यसको पात र स्तेम बैगुनी रङ्को हुन्छ र राग मारिच जस्तो पिरो हुन्छ। यो करिब ३०९६० से।मी।सम्म अग्लो हुन्छ।

-रामा तुलसी स् यसको पात उज्यालो हरियो रङको हुन्छ र स्वाद भने गुलियो हुन्छ।

 -तुलसिका पातका फाइदा तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ । 

-तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ ।

-इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

 -तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ ।

 -दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

 -तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । 

 -तुलसीले तनाव हुन दिँदैन । 

-तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । 

-चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।

- तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ ।

-यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

-तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । 

-दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ ।

-तुलसीले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ ।

-खोकी, बाथ दोष कम गर्न उपयोगी मानिन्छ ।

-तुलसी पानी दैनिक पिउनाले दिमागको कार्यक्षमतामा वृद्धि हुन्छ ।

-पखाला लाग्दा पनि तुलसी पानी पिउने हो भने राहत मिल्छ ।

-पाचनशक्ति तन्दुरुस्त राख्नुका साथै भोक जगाउन मद्दतगार हुन्छ ।

सेवन गर्ने तरिका
पातलाई राम्ररी पखालेर खान सकिन्छ वा पानीमा ३९४ वटा पातहरु राखेर राम्ररी उमालेर तुलसी चियाको रुपमा खान सकिन्छ। तुलसीको बिउलाई चाहीँ पानीमा भिजाएर खाएमा त्यसबाट प्रशस्त फाइदा लिन सकिन्छ। करिब २ चियाचाम्चा तुलसीको बिउलाई १ कप पानीमा करिब १५ मिनेटसम्म भिजाएर खाएमा उचित मानिन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

घटस्थापना टिकाको साइत,नवदुर्गा देवीलाई के नैवेद्य चढाउने !

काठमाडौं । नवरात्रमा सके रामायण पाठ नसके भगवान श्रीरामको स्तुति सम्पूर्ण मानवहरुले गाउनु पर्दछ।रा...