ग्यासका कारण शरीरका पाँच भागमा हुने दुखाई

एजेन्सी । खराब खानपान र कसरतको कमीले शरीरमा ग्यास बन्न थाल्छ । अत्यधिक ग्यास जम्मा हुँदा शरीरका कयौं अंग दुख्न थाल्छन् ।

आज हामी ग्यास जम्मा हुँदा शरीरका कुन अंग बढी प्रभावित हुन्छन् भनेर जान्नेछौं-

विशेषज्ञको भनाईअनुसार, शरीरका लागि दैनिक ८ देखि १० पटक ग्यास पास हुनु जरुरी हुन्छ । ग्यास बन्द हुनाले तपाईंको पेट तथा छातीमा दुखाई महसुस हुन सक्छ ।

ग्यासको कारणले पेट दुख्ने गर्छ । साथमा यसले पेटमा ऐंठन तथा बाउँडिएको जस्तो अनुभव गराउँछ । ग्यासको यस्तो समस्या कम गर्न तपाईंले मनतातो पानी पिउन सक्नुहुन्छ ।

ग्यासको कारणले छाती पनि दुख्ने गर्छ । ग्यासको कारणले तपाईंको छातीमा केही अड्किए जस्तो तथा पोलेको महसुस हुन्छ ।

पेटमा ग्यास हुँदा कतिपयलाई तेज टाउको दुखाई पनि हुन्छ । कतिपयलाई रिंगाटा लाग्ने समस्या पनि हुन सक्छ ।

ग्यासको कारणले कम्मरमा हुने दुखाई पनि आम हो । पेटमा ग्यास जम्मा हुँदा कम्मर प्रभावित हुन सक्छ, जसले गर्दा तपाईंलाई उठबस गर्न पनि समस्या हुन सक्छ ।

पेटमा ग्यास हुँदा जोर्नीमा दुखाई पनि हुन सक्छ । ग्यासको कारणले तपाईंलाई हिँड्डुल गर्न पनि समस्या हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

घटस्थापना टिकाको साइत,नवदुर्गा देवीलाई के नैवेद्य चढाउने !

काठमाडौं । नवरात्रमा सके रामायण पाठ नसके भगवान श्रीरामको स्तुति सम्पूर्ण मानवहरुले गाउनु पर्दछ।रा...