शरीर बलियो बनाउन चाहिने अत्यावश्यक ६ भिटामिन

एजेन्सी । भिटामिन र मिनिरल्स हाम्रो शरीरका ती माइक्रोन्यूट्रियन्ट्स हुन्, जसको हरेक समय हामीलाई आवश्यकता पर्दछ । भिटामिन नै त्यो चीज हो जसको सहयोगले हामी फिट तथा स्वस्थ रहन्छौं ।

हड्डी बलियो बनाउन होस् वा मांसपेशी स्वस्थ राख्न हरेक काममा भिटामिनको आवश्यकता पर्दछ । त्यसो त कुल १३ वटा भिटामिन हुन्छन् तर, हामी यहाँ त्यस्ता ६ महत्वपूर्ण भिटामिनका बारेमा बताउनेछौं जो शरीरमा हुनै पर्दछ ।

भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र यसले संक्रमणबाट जोगाउँछ ।

भिटामिन बी १ का लागि ब्राउन राइस, सोयामिल्क, तरबुज, मकै आदिको सेवन गर्नुहोस् । यो पनि शरीरलाई अत्यावस्यक हुन्छ ।

भिटामिन बी ३ ले पनि भोजनलाई ऊर्जामा बदल्ने काम गर्छ । जसले गर्दा हामी हरेक समय ऊर्जावान रहन सक्छौं ।

भिटामिन डी ले क्याल्सियमलाई शरीरमा अवशोषण गर्ने काम गर्छ । जो शरीरका लागि अत्यावश्यक छ ।

त्यस्तै, भिटामिन बी १२ पनि महत्वपूर्ण छ । यसले रगतमा होमेसिस्टाइन लेभललाई कम गर्ने काम गर्छ ।

भिटामिन सी संक्रमणबाट बचाउन एकदमै जरुरी हुन्छ । यसले इम्यून सिस्टमलाई बुस्ट गर्छ ।

प्रतिकृया दिनुहोस