छाला सुन्दर राख्न मह अचुक अस्त्र

काठमाडौं । महलाई विभिन्न परिकारमा मिसाएर खाने चलन छ । तर मह छाला सफा र चम्किलो राख्नमा पनि उत्तिकै उपयोगी छ भन्ने कुरा धेरैलाई थाहा छैन । यहाँ हामी छाला सुन्दर राख्नका लागि छालाको प्रयोग कसरी गर्ने भन्ने चर्चा गरौं ।  

मह छालाको गहिरो मसाजका लागि उपयुक्त हो । महमा भएका तत्वहरु छालामा सजिलै प्रवेश गर्छन् र यिनले छालालाई सन्तुलित र नरम राख्छन् । महले छालामा क्लिन्जरको काम गर्छ । थोरै मह छालाको प्वालमा पुग्छ र प्वालको मुखमा रहेको कालो भागलाई नरम बनाउँछ ।  

महले छालामा कीटाणु अक्सिडेन्ट विपरीत काम गर्छ । साथै यसले छालाका मसिना प्वालमा रहेका फोहोरलाई सफा गर्छ । यसका लागि महको मास्क बनाउने, एक चम्चा मह सफा र सुक्खा छालामा लगाउने र १५ देखि २० मिनेट राखी चिसो पानीले पखाल्ने गर्नुपर्छ ।  

छालामा स्क्रवको रूपमा प्रयोग

– महलाई स्क्रवको रूपमा प्रयोग गरे छालामा चमक आउँछ । यसका साथै कृत्रिम स्क्रवले छालामा हुनसक्ने राता बिमिरा या एलर्जी हटाउन पनि सकिन्छ । महको स्क्रवले छालाका मृतकोषलाई हटाई नयाँ सेल निस्कन मद्दत गर्छ । यसको प्रयोगले छालामा थप चमक आउँछ ।  

महलाई स्क्रवको रूपमा प्रयोग गर्न दुई चम्चा महमा एक चम्चा बेकन सोडा मिसाउने । पानीले अनुहार भिजाउने विस्तारै अनुहारमा यो लेपले मालिस गर्ने । मालिस गर्दा रक्तसञ्चार हुने गरी गर्नुपर्छ ।  

अनुहार चम्काउन

– एक चम्चा महमा एक चम्चा नरिवल वा ओलिभको तेल मिसाउने। यसरी मिसाएको लेपलाई प्रभावित छालाको भागमा लगाउने र औंलाले दुई मिनेटसम्म विस्तारै मालिस गर्ने ।  त्यसपछि सफा तथा तातो लुगा अनुहारमाथि राख्ने । यसलाई केही दिन निरन्तर गरिराखे यसको प्रभाव चाँडे देखिनेछ ।  

अनुहारमा चाउरीपन आउन नदिन

महमा रहेको प्राकृतिक अक्सिडन्ट विरोधी तत्वले अनुहारमा चाउरी तथा रेखा आउन दिँदैन । घरमै महको मास्क बनाएर अनुहारमा कम्तीमा आधादेखि एक घण्टा राख्ने ।  यसले छालालाई लचकदार बनाउँछ र चाउरीपन आउन दिँदैन । अनुहारमा चमक पनि आउँछ ।  

घामले डढेको छालामा उपयोगी

– घामले डढेको छालामा पनि मह उपयोगी औषधि मानिन्छ । महले डढेको कोषमा पोषण पुर्‍याउने काम गर्छ र यसले पुन छालामा कोषहरू बन्न थाल्छन् । यसका लागि एलोभेराको रसमा मह मिसाएर लेप बनाउने र त्यो लेप नियमित प्रयोग गर्नाले विस्तारै डढेको छालाको कोष हट्छ र छाला सुन्दर बन्छ । 

डन्डिफोर र बिमिरा हटाउन

– महको प्रयोगले अनुहारको डन्डिफोर हटाउन पनि मद्दत गर्छ  । महमा हुने कीटाणुविरुद्धको शक्तिले अनुहारको बाहिरी सतहमा मात्र फाइदा गर्दैन ।  यसको प्रयोगले साना प्वालबाट भित्रीतहसम्म पुगेर डन्डिफोर हटाउँछ। यसका लागि काँचो महलाई प्रभावित भागमा लगाउने र १५ देखि २० मिनेटसम्म राख्ने ।  त्यसपछि चिसो पानीले पखाल्ने ।  नियमित यो क्रम जारी राखेमा डन्डिफोर हटेर जान्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्...