तौल कम गर्न सहयोगी हुन्छ यो घरेलु जुस

एजेन्सी । तौल बढेपछि धेरै स्वास्थ्य समस्या पनि आउँछ । त्यसैले स्वस्थ तौल कायम राख्ने सल्लाह दिइन्छ ।

तौल कम गर्नमा डाइटको महत्वपूर्ण भूमिका हुन्छ । तपाईं पनि तौल कम गर्ने यात्रामा हुनुहुन्छ भने एउटा जुस फाइदाजनक हुन सक्छ ।

चिया सिड्ससँग कागतीको रस मिसाएर खाँदा फाइदाजनक हुन सक्छ । यो बनाउन तपाईंलाई एक चम्चा चिया सिड्स, एउटा कागती र एक गिलास पानीको आवश्यकता पर्दछ ।

त्यसपछि कागती निचोर्नुहोस् । यसमा थोरै मह मिसाएर पिउनुहोस् ।

चिया सिड्स र कागती पानीलाई तपाईं हप्तामा तीन दिन पिउन सक्नुहुन्छ । यसले तपाईंको तौल कम गर्ने यात्रामा धेरै हदसम्म सहयोग गर्नेछ । यसले मुटुलाई पनि फाइदा गर्छ ।

चिया सिड्समा भरपूर मात्रामा फाइबर, प्रोटिन, ओमेगा–३ फ्याटी एसिड, आवश्यक मिनरल्स र एन्टीअक्सीडेन्ट हुन्छन् । यो खाँदा फाइबरका कारण लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक लाग्दैन ।भोक कम लागेपछि खानामा नियन्त्रण हुन्छ र तौल घट्दै जान्छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...