छोरीको जन्मदिन पारेर महतो परिवारले वितरण गरे ३ आश्रममा तरकारी

चनौली, १८ जेठ । छोरीको जन्मदिन पारेर पश्चिम चितवनको भरतपुर २५ भगौली निवासी बोधराज महतोले देवघाटका ३ आश्रममा तरकारी वितरण गर्नु भएको छ ।

बाबा बोधराज र आमा रिमा महतोको जेठाे सन्तानको रुपमा जन्म लिनु भएको छोरी अनुषा महतो २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको अवसर पारी महतो परिवारले श्री वागेश्वरी आध्यामिक परिषद् योगि नरहरीनाथ आश्रम देवघाटधाम, श्री राम जानकी वालिका आश्रम देवघाट र गार्गिक कन्या गुरुकुलम आश्रम देवघाटधाममा ५० के.जिका दरले ३ आश्रममा बोडी र १०० के.जि काक्रो वितरण गर्नु भएको हो ।

तरकारी वितरण गर्दै महतो परिवारले आगामी दिनहरुमा छोरा अनिष महतो र अर्कि छोरी नारायणी महतोको जन्मदिनमा पनि तरकारी वितरण गर्ने बताउनु भयो ।

महतो परिवारले यसअघि पनि विभिन्न आश्रमहरुमा तरकारी वितरण गरी सामाजिक कार्य गर्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...