जय नेपाल पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर अभियान गर्ने
काठमाडौँ । धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा बसेको जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका लागि वर्तमान सरकारले रायसुझाव सङ्कलन गरिरहेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरेको हो ।

बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन राज्यलगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यले भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, सङ्गठन, समूह, अभियान तथा व्यक्तिलाई पार्टीमा गोलबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष धवलशम्सेर राणाले जानकारी दिए ।
७७ जिल्लामा तदर्थ समिति गठन गरिने
बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जय नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।
अध्यक्ष राणाका अनुसार भदौ र असोज महिनाभित्र ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गरिनेछ । त्यसका लागि केन्द्रीय सदस्यलाई समेत समावेश गरी विभिन्न टोली खटाइने उनले जानकारी दिए ।
पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सङ्गठन विस्तार तथा योग्य र लोकप्रिय उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने भएको हो ।

प्रतिकृया दिनुहोस