बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपा भित्र विवाद भइरहेको छ । विवादकाबिच थापा मुख्यमन्त्री नियुक्त भएका हुन् । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ ।
यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले भदौ १ मा संसद्बाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए । त्यस लगत्तै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते ४ बजेसम्मको समयसीमा दिएका थिए ।
थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री हुन् । यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरिसकेका छन् ।








प्रतिकृया दिनुहोस