देवघाटधाम प्लाष्टिक मुक्त क्षेत्र घोषणा


 देवघाटधाम,१२, पुष । विश्वकै प्रसिद्ध धार्मिक स्थलल देवघाटधाम क्षेत्र  अव देखि प्लाष्टिक मुक्त हुने भएको छ । भरतपुर १ देवघाटधाममा मा रहेको वसपार्क परिसरमा आयोजित एक विशेष सभाका बिच  शुक्रवार देवघाटधामलाई व्लाष्टिक निशेधित क्षेत्र घोषणा गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भरतपुर महानगरपालिकाकाका प्रमुख  रेनु  दाहालले देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नु ठुलो कुरा नरहेको र घोषणा भएपछि कार्यान्वयन गर्नु महत्वपुर्ण रहेको बताउनु भयो  । प्लास्टिक निषेधित क्षेत्र तनहुँतर्फ नै देवघाटधामको अधिकाशं क्षेत्र पर्ने भएकोले  देवघाट गाउँपालिकाले यसको नेतृत्व लिनुपर्ने भनाई राख्नुभयो । प्रमुख अतिथी  दाहालले देवघाटधामलाई नमुनाको धार्मिक क्षेत्र बनाउन सहयोग पुग्ने यस्ता  अभियानलाई  भरतपुर महानगरले पुर्ण सहयोग गर्ने बताउनु भयो । देवघाटधामलाई का स्थानीयको सक्रियताले प्लास्टिक निषेधित क्षेत्र कार्यान्वयनमा सहज हुने  भन्दै मेयर दाहालले स्थानीयले पनि  यस्ता अभियानलाई साथ दिन आग्रह गर्नुभयो ।
 
कार्यक्रममा हरिहर नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले मानव जीवनमा पछिल्लो समयमा क्यान्सर जस्तो प्राणघातक रोग देखा परेको यही प्लास्टिकको जथाभावी प्रयोगको असरको कारण रहेको बताउनु भयो  उहाँले प्लास्टिक जथाभावी प्रयोग गर्ने र जथभाभावी फाल्ने जस्ता क्रियाकलाप गर्ने सबैलाई  कारवाही र जरिवानाको नियम लागू गर्ने सुझाउदै यसको  सुचनाहरु  देवघाट क्षेत्र सगै , देवघाटधाम छिर्ने नाकाहरुमा राख्नु सुझाउनु भयो । संविधानसभा सदस्य गिता वाग्लेले  देवघाटधाम सन्तमहन्तले देवघाटधामलाई सुन्दर,स्वच्छ बनाउन लागि पर्नुभएको स्मरण गर्दे  यसको लागि दर्हाे कानुन निमार्ण गरि लागू गर्न पर्ने बताउनु भयो । उहाँले व्याक्ति स्वयंमा पनि चेतना आउनुपर्ने भन्दै सबैले प्लाष्टिक मुक्त देवघाटधाम बनाउन साथ दिनुपर्ने भनाई राख्नु भयो । 

कार्यक्रममा डब्लु डब्लु एफका प्रतिनिधि करुण देवानले नदी  संगै हामी भन्ने मुल नाराका साथ नारायणी नदी कसरी स्वच्छ बनाउन सकिन्छ भन्ने पैरवी कार्यक्रम सस्था मार्फत गर्दै आएको जानकारी गराउनु भयो   ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले प्लास्टिक निषेधित क्षेत्र घोषणा पश्चात् देवघाटधाम क्षेत्र भित्र एक पटक प्रयोग हुने प्लास्टिकका झोला, ४० माइक्रोन भन्दा पातलो बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामाग्रीको प्रयोग क्रमशः निषेध गरिने बताउनु भयो  । उहाँले वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरिने प्रष्टाउनु भयो ।

देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र बनाउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समिति र सहमति संस्था विच यस अघि देखी निरन्तर छलफल हुँदै आएको थियो । । तनहुँ, चितवन र नवलपुरको क्षेत्र समेटिएर बनेको बृहत धार्मिक क्षेत्र देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन देवघाट क्षेत्र विकास बिकास समितीले नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले विभिन्न अभियान सञ्चालन गर्दै आएको  क्षेत्र विकासले केहि दिन अघि पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । । 
, देवघाट गाउँपालिकाका उपाध्यक्ष उपाध्यक्ष भुवन सिह गुरुङm,देवघाट क्षेत्र विकास समिति  पुर्व अध्यक्ष शैलेन्द्र कुमार पिया, सो कार्यक्रमको देवघाट क्षेत्र विकाससमितिका सदस्य चन्द्रमित्र पन्डितले  लगायतले बोल्नुभएको थियो ।   देवघाटधाम कै महत्व उजागर हुने  चितवनको भरतपुर महानगरपालिका ,नवलपुरको  गैडाकोट नगरपालिका,र तनहँुको  देवघाट गाउँपालिका), देवघाट क्षेत्र विकास समिति लगायत  विभिन्न संघसंस्थाहरूको सहकार्यमा  देवघाटधामलाई  सफा,सुन्दर ,स्वच्छ ,  पवित्र देवघाटधाम बनाउने  लक्ष्य अनरुप नै प्लाष्टिक निशेषित क्षेत्र घोषणा गरिएको बताइएको छ   । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...