जाडो भगाउन अदुवा खाउ , स्वस्थ रहौ

सर्वाेऔषधी गुणले सम्पन्न खाघ्यवस्तुमा पर्दछ अदुवा । यसलाई हरेक भान्सामा मसलाजन्य पदार्थका रुपमा तरकारी लगायतका पकवानमा पकाएर खाने गरिन्छ । यसका गुणहरु धेरै भएकोले नी यसलार्य सस्कृतमा महौषध भन्ने गरिन्छ । 
अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ । जाडोमा धेरै रुचाईने अदुवाका फाईदा :


ब्याक्टेरियासँग लड्छः
अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।
रगत सफा गर्छ :
अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।


पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ :
 अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।


खोकी कम गर्छ :
अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसले सहयोग गर्छ ।


दुखाइ कम गर्छ :
अदुवाले हाम्रो रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।

· अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

· अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।








प्रतिकृया दिनुहोस

साताको लोकपृय