भरतपुर १देवघाटधांममा रहेको लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका आश्रम देवघाट १६ आंै वर्षमा प्रवेश गरेको छ । वुधवार देवघाटधाम स्थित न्यौपाने वन्धु समाजको सभाहलमा १५ औ साधरणसभा सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा १ का कार्यवाहक अध्यक्ष राम माया पियाको प्रमुख आतिथ्यतमा सम्पन्न सो साधरणसभामा आर्थिक वर्ष ०८१ तथा आयव्यय सार्वजनिक गरिएको छ ।सो क्रममा प्रमुख अतिथी पियाले आश्रमले बालिकाहरुलाई सक्षम नागरिक बनाउन लागि परेको भन्नुहुदै यस्ता बालिका अभिभाकत्वको लागि वडाले विभिन्नसहयोग गर्ने गरेको बताउनुभयो । यसै क्रममा उहाँले तीज पर्वले नेपाली महिला बिच आत्मियता बढाएको भन्नुहुदै सुभकामना व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष सावित्री टण्डन (नेपाली माता ) को सभाध्यक्षता सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष हरि आचार्य, देवघाट क्षेत्र विकास समितिका पूवर्् सदस्य विष्णु सापकोटा, युवामञ्च सामाजिक संस्थाका अध्यक्षः तुलसी भट्ट, दुर्गा मन्दिर पाल्पा रम्बा ०१ हुगीका योगेश्वर भण्डारी लगायतले बोल्नुभएको थियो । प्रतिष्ठान चितवन शाखाका अध्यक्ष गुणराज दाहालले स्वागत मन्त्वय दिनुभएको सो कार्यक्रममा वार्षिक प्रगति एवं आगामी नीति ,नियम, मापदण्ड विवरण प्रतिवेदनः लोक कल्याण सेवा प्रतिष्ठानका महासचिव रामेश्वर प्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । भने आर्थिक आर्थिक प्रतिवेदन आश्रमकी छोरी तुलसा लोककल्याणी गर्नुभएको थियो । सो क्रममा संस्थाका महासचिव खनालले शिशु देखि कक्षा १२ सम्म जम्मा २७ जना बालिका हरु अध्ययनरत रहेका , १८ वर्ष माथिका ९ जना बालिका आश्रममा रहेको जानकारी गराउनु भयो । यसैगरी ४ जना बालिकाहरु उच्च शिक्षा शास्त्री तहको अध्ययन र आचार्य तह सम्म को तयारीको लागि गएको १० जना बालिकाहरुको अभिभावक र परिवार सङ्ग सम्पर्क गरि नागरिकता प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी गराउनुभयो । ,अति विपन्न बालिकालाई सरकारी विद्यालय मा भर्ना गरी अध्यापन गराउन सहयोग गरिएको ,आश्रमका सबै बालिका हरु र कर्मचारीहरुको स्वास्थ बीमा गराइएको साथै विभिन्न कार्यक्रम हरुमा आश्रमका बालिकाहरु आदि विषयहरुको बारेमा प्रष्टाउनु भयो । ः आश्रमकै स्नातक अध्यनरत छोरी निलम लोककल्याणी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने आश्रमका बालिकाहरुले सो अवसरमा संदेशमूलक तीज गीत वाध्यवादन सहित गाएका थिए ।
प्रतिकृया दिनुहोस