गुरुकुल निरन्तर सञ्चालनका लागि लागिपर्ने ःमन्त्री पौडेल

चितवन, ३१ साउन र्।  भरतपुर १ देवद्धार देवघाटधामा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमले बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझि पौडेललाई  स्वागत तथा सम्मान गरेको छ । परिषद्का केन्द्रिय सदस्य एवं परिषद्बाट सञ्चालीत समावेशी गुरुकुलका संयोजक समेत रहनुभएको मन्त्री पौेडेललाई परिषद् परिवारले सम्मान गरेको हो । साउन ३० मा मन्त्री बन्नुभएको उहाँलाई एक कार्यक्रमको आयोजना गरि शनिवार साउन ३१ गते नै   गरि सम्मान गर्यो    ।
 आश्रम परिसर बागीश्वरीधाममा भएको सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेले आध्यात्मिक परिषद्बाट सञ्चालीत , गौशाला गुरुकुल, प्राकृतिक चिकित्सा लगायतका प्रकल्पहरुले ऐतिहासिक भूमि बागीश्वरीको संरक्षण अभियान
मा टेवा पुगेको बताउनुहुदै  यस्ता महत्वपुर्ण क्षेत्रको संरक्षणमा लागि रहने बताउनु भयो । उहाँले आश्रममा रहेको गुरुकुललाई सस्थागत गर्न निरन्तर लागि पर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सबैका लागि सस्कृत शिक्षा भन्ने भनाईलाई व्यवारमा उर्तान पनि  गुरुकुलको आवश्यकता रहेको भन्नुुहुदै  गुरुकुल सञ्चालनको लागि सबैको हातेमाले आवश्यक रहेको समेत बताउनुभयो । 
सो क्रममा बोल्नुहुदै  परिषद्का संरक्षक  ईमा माता –(नागकन्या )ले  राष्ट्रगुरु योगी नरहरिनाथले   मातृशक्तिलाई सदैव अगाडी बढाउन चाल्नुभएको   बिगत सम्झनुभयो । उहाँले नवनियुक्त मन्त्री पौडेलले गूरुदेवको समाज रुपान्तरणको अभियान पछ्याएकोमा खुशी व्यक्त गर्नुहुदै समावेशी गुरुकुलले नै समाजका विभेद चिर्न सहयोग पुग्ने बताउनु भयो ।
परिषद्का अध्यक्ष अशोक पोखरेलले  परिषद्का केन्द्रिय सदस्य एवं परिषद्बाट सञ्चालीत समावेशी गुरुकुलका संयोजक मन्त्री जस्तो गरिमामय स्थानमा पुग्न सक्नु गौरवको क्षण भएको बताउनु भयो ।उहाँले मन्त्री पौडेलले राजनीति सगै  यस्ता भूमिहरु चिनाउने अभियानलाई पनि सगसगै डोर्याउन सक्नुभएको भन्दै खुशी व्यक्त गर्नु भयो । 
गुरुकुलका प्रार्चाय खिमनाथ चालिसेले सहजीकरण गर्नुभएको सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका पार्टी सभापति राजेश्वर खनाल ,परिषद्का संरक्षकहरु शान्त प्रसाद पोखरेल , शैलेन्द्र पिया उपाध्यक्ष  सुकमाया भुजेल महासचिव दुर्गा प्रसाद भन्डारी ,परिषद् सहसचिव मित्रराज केसी,कोषाध्याक्ष रिना कोइराला लगायत परिषद् परिवारको उपस्थिती रहेको थियो । कार्यक्रममा मन्त्री पौडेलले  गुरुकुलका बटुकको लागि स्टेशनरी सहयोग गर्नुभएको छ । सो गुरुकुलमा  सबै जातजातीका (समावेशींं) विद्याथीहरु आवाशीय सुविद्याका साथ अध्यन गदै आएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...