भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा चालिसे नियुक्त

काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा उज्जवल चालिसे नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सहभागी एक मन्त्रीले बताए।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा वि.स. २०५१ सालमा यस सामुदायिक अस्पतालको रुपमा स्थापना भई नेपाल भरिका क्यान्सर बिरामीहरुलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको सन्दर्भमा विषम परिस्थिति सृजना भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मिति २०७७ कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत्त १२३ बेडबाट सेवा संचालन भइरहेको छ ।

हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अन्कोलोजीमा पुर्णकालीन DM को अध्ययन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...