एसईईको परीक्षाफल प्रकाशित, ६१.८१% विद्यार्थी उत्तीर्ण, सबैभन्दा धेरै गणितमा 'फेल'

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षाको कोशेढुङ्गा मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल शुक्रवार प्रकाशित गरेको छ।
बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ६१.८१ प्रतिशत विद्यार्थीले माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने 'ग्रेड' ल्याउन सफल भएका छन्।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ११ कक्षा पढ्न नपाउने अर्थात् 'नन-ग्रेडेड' परीक्षार्थीको सङ्ख्या यसपालि ३८ प्रतिशतभन्दा बढी देखिएको छ।एसईईमा गत वर्ष ४८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका थिए। गत वर्ष 'नन-ग्रेडेड' प्राप्ताङ्क पाउने परीक्षार्थीको हिस्सा ५२ प्रतिशत थियो।गतसाता पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक एसईईमा ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने आशा गरिएको बताएका थिए।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...