यस्तो छ २०८२ साल वैशाख महिनाको मासिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि वैशाख महिना सामान्य रहनेछ। सूर्य, मङ्गल, बुध, शुक्रको गोचर यो महिना अशुभ रहेकाले स्वास्थ्य कमजोर रहने, आलस्यता जाग्ने, प्रेम तथा पारिवारिक जीवनमा समस्या आउने, खर्चको मात्रा बढ्ने समय रहेकाले सतर्क रहनुपर्छ। वैशाख २३ गतेपछि आर्थिक तथा पारिवारिक क्षेत्रमा सामान्य सुधार आउन सक्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि वैशाख महिना मिश्रित रहनेछ। सूर्यको बाह्रौँ गोचरका कारण खर्च बढ्न सक्ने, विवादमा पर्न सक्ने, अनावश्यक यात्रा हुन सक्ने रहेपनि मङ्गल, बुध र शुक्रको शुभ गोचरका कारण आर्थिक लेनदेनबाट फाइदा हुने, सन्तान तथा पारिवारिक क्षेत्रबाट सुख सन्तोष मिल्ने, आम्दानीका नयाँ बाटो प्राप्त हुन सक्ने समय छ। सामाजिक क्षेत्रबाट प्रतिष्ठा प्राप्त गर्न सक्ने समय छ। दाजुभाईसँगको सम्बन्धमा सुधार आउन सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि वैशाख महिना राम्रो रहनेछ। सूर्य, बुध र शुक्रको शुभ गोचरका कारण नयाँ कार्य प्रारम्भ हुने, राज्यबाट लाभ मिल्ने, रोकिएको धन प्राप्त हुने, सुचना प्रविधि तथा व्यापारबाट राम्रो लाभ मिल्ने समय छ। मङ्गलको प्रतिकूल गोचरका कारण बोलीमा नियन्त्रण नराख्दा विवाद पर्न सक्ने, आफन्त तथा साथीभाईबाट सोचे अनुरुप सहयोग प्राप्त नहुने समय रहेकाले सचेत रहनुपर्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना मिश्रित समय छ। सूर्य र शुक्र महिनाभरि अनुकूल रहेकाले व्यापार व्यवसायबाट राम्रो लाभ प्राप्त गर्न सक्ने, सामाजिक क्षेत्रबाट पदप्रतिष्ठा प्राप्त हुने, धार्मिक कार्यमा रुचि हुने, कामको खोजीमा रहेका व्यक्तिहरुले काम प्राप्त गर्न सक्ने, विद्यार्थीले पढाईमा उचित प्रगति गर्ने समय छ। मङ्गल र बुधको प्रतिकूल गोचरका कारण अकस्मात् स्वास्थ्य बिग्रिन सक्ने, दाजुभाईसँग मनमुटाव बढ्न सक्ने, प्रेम जीवनमा असमझदारी आउन सक्ने समय रहेकाले सतर्क रहनुपर्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना सामान्य समय छ। सूर्य, मङ्गल, शुक्र र बुधको गोचरका कारण काममा ढिलासुस्ती र व्यवसायमा सामान्य घाटाको समय छ। पेट तथा टाउको दुख्ने समस्या आउन सक्ने भएकाले स्वास्थ्यमा उचित ध्यान दिनुपर्छ। पारिवारिक जीवन सामान्य रहन्छ। विद्यार्थीले पढाईमा राम्रो नतिजा प्राप्त गर्नका लागि अलिक ध्यान दिनुपर्ने समय छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मध्यम रहनेछ। मङ्गल ग्रहको एघारौँ गोचरका कारण आर्थिक क्षेत्रका कामहरु सफल रहने, शत्रुनाश हुने, विवादमा आफ्नो विजय हुने, विद्याबुद्धिको क्षेत्रमा सफलता प्राप्त हुने समय छ। सूर्य, शुक्र तथा बुधको प्रतिकूल गोचरका कारण वैवाहिक जीवनमा मनमुटाव हुन सक्ने, शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले सतर्क रहनुपर्ने समय छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना राम्रो मिश्रित रहनेछ। मङ्गल ग्रहको दशम गोचरले सरकारी जागिर तथा खेल सम्बन्धि क्षेत्रमा रहेका व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन्। प्राविधिक क्षेत्र तथा मेडिकल सम्बन्धि सेवा वा व्यवसायका व्यक्तिहरुका लागि पनि समय अनुकूल छ। सूर्य, शुक्र र बुधको गोचरका कारण ढाड तथा कम्मर दुख्ने समस्या आउने, अनावश्यक चिन्ताका कारण मन अशान्त रहने, शत्रुहरु सक्रिय हुन सक्ने रहेकाले सतर्क रहनुपर्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि यो महिना राम्रो रहनेछ। सूर्यको गोचर अनुकूल रहेकाले शत्रु तथा रोगको नाश हुने, स्थिर सम्पत्तिको प्राप्ति हुने, भूमि तथा वाहनबाट लाभ मिल्ने, आर्थिक गतिविधिबाट फाइदा मिल्ने समय छ। त्यस्तै पारिवारिक सम्बन्ध र प्रेम जीवन पनि यो समयमा राम्रो रहन सक्छ। मङ्गल र बुधका कारण शरीरमा कमजोरीको महसुस हुन सक्ने र खानपानको गडबडीले पेट सम्बन्धि समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्छ। यो समयमा सन्तानको चिन्ता रहन सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना सामान्य रहन्छ। सूर्यको गोचरका कारण अध्ययन अध्यापनको क्षेत्र अधुरै रहन सक्छन्। सन्तानको क्षेत्रबाट चिन्ता वा धनको खर्च हुन सक्छ। मङ्गल र शुक्रको गोचरका कारण आलस्यता बढ्ने, छाती दुख्ने वा आगोबाट भय रहने, सवारीसाधन चलाउँदा विशेष ध्यान पुर्याउनु पर्ने समय छ। काम तथा व्यवसायको क्षेत्र यो समयमा सामान्य रहन्छ। प्रेम तथा पारिवारिक जीवनमा समस्या समाधान गरेर सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम रहन्छ। शुक्रको गोचरको अनुकूलताले पराक्रम बढ्ने, आफन्तबाट सहयोग प्राप्त हुने, प्रेम तथा पारिवारिक जीवन राम्रो रहने समय छ। सुखको प्राप्ति तथा आम्दानी बढ्न सक्छ। सूर्य, मङ्गल र बुधका कारण साथीभाईसँग सतर्क रहनुपर्ने, अनावश्यक खर्च तथा व्यर्थ यात्रा हुन सक्ने, बुबाआमाको स्वास्थ्यमा समस्या देखा पर्न सक्ने रहेकाले सतर्क रहनुपर्ने समय छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि यो महिना राम्रो रहनेछ। सूर्यको गोचरको शुभ प्रभावले आत्मविश्वास बढ्ने, शत्रुनाश हुने समय छ। उद्योग, सरकारी क्षेत्र, कृषिकर्मबाट लाभ मिल्नेछ। धेरै समय रोकिएको काम यो समयमा सम्पन्न हुनेछ। मङ्गल शुभ गोचरले भूमि तथा निर्माण सम्बन्धि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुन्छ। शुक्र तथा बुधको शुभ प्रभावले पारिवारिक सम्बन्धमा प्रगाढता आउने, सन्तानबाट खुसी प्राप्त हुने, सुनचाँदी आदि धातुको संचय हुने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि यो महिना मिश्रित रहन्छ। शुक्र ग्रहको शुभ प्रभावले यो समयमा विलासिता बढ्न सक्ने, प्रेम जीवनमा विश्वासको वातावरण बन्ने, वाहनको प्राप्ति हुने समय छ। सूर्य, मङ्गल तथा बुधको प्रभावले धन संचयमा समस्या आउने, सापटी दिएको पैसा फिर्ता हुन गाह्रो हुने, अनावश्यक विवादले मन चिन्तित रहने समयरहेकाले सचेत रहनुपर्छ।https://www.merojyotish.com/rashifal-in-nepali/2056.htm

प्रतिकृया दिनुहोस