चितवनमा पनि मनाइयो ज्योतिष दिवस


चितवन, चैत,१८ । यस वर्ष आईतवार परेको ज्योतिष दिवस चितवनमा पनि मनाईएको छ । नेपाल ज्योतिष परिषद् चितवनले चैत्र शुक्लपक्ष प्रतिपदा पर्ने ज्योतिष दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरि मनाएको हो । नेपाल ज्योतिष परिषद् चितवनका अध्यक्ष ज्यो. सावित्री अधिकारी पराजुलीको अध्यक्षता भएको सो कार्यक्रम परिषद् केन्द्रिय सदस्य ज्यो .कुलदिप खनालको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । सो कार्यक्रममा परिषद् चितवनका ं निवर्तमान अध्यक्ष ज्यो..प्रेमराज भूत्र्याल,सल्लाहाकार ज्यो.कपिल अज्ञात लगायत विभिन्न निवर्तमान तथा वर्तमान पदाधिकारीहरु, सल्लाहकार, आजिवन सदस्य साधारणसदस्यहरु साथै ज्योतिष  क्षेत्रका महानुभावहरुको उपस्थिती रहेको थियो ।परिषद् चितवन सचिव ज्यो.बोलमती सापकोटा खनालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा आईतवारबाट शूरु भएको चान्द्रमासका अवसरमा  एकआपसमा  शुभकामना समेत आदानप्रदान गरिएको थियो । नेपाल ज्योतिष परिषद्को स्थापना २०५५ पौष २४ गते  भएको थियो । गत साल देखि प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदा अर्थान चान्द्रमास अनुसार नयाँ वर्ष आरम्भका दिनलाई ज्योतिष दिवस मनाउन थालिएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...