पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले ७ लाख ९३ हजार जरिवाना तोक्यो, कारण यस्तो

काठमाडौँ, , चैत ,१६  । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।

काठमाडौँ–३२ तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेको, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो। सहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिबाना पत्र काटिएको हो ।

महानगरद्वारा शनिबार जारी जरिबानासम्बन्धी विभिन्न पत्रमा सो जरिवाना रकम तोकेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिबाना तिराउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...