कपाल झर्ने समस्याको यस्ता छन् समा धानका उपाय

चितवन,५,चैत ।कपाल झर्नु सामान्य प्रक्रिया हो । तर जब कपाल कोर्दा काइँयोमा अस्वाभाविकरुपले कपाल बेरिएर आउने गर्छ, तब समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ । कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । कपाल झर्नाका थुप्रै कारण छन् । तीमध्ये शरिरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा पनि कपाल झर्ने गर्छ । यसबाहेक कपालको उचित सरसफाइ र स्याहार नपु¥याउँदा पनि कपाल झर्ने गर्छ ।
एक अनुसन्धान अनुसार बढीमात्रामा आधा उमेर बितेका पुरुषमा यो समस्या बढी देखिएको छ । कपाल झर्ने समस्यामा परेका धेरैजसो पुरुष तालुखुइले अवस्थामै पुग्ने गरेका छन् ।
कपाल झर्ने एउटै मात्र कारण छैन। वंशाणुगत समस्या, मानसिक चिन्ता, भिटामिनको कमी, अनिद्रा र मौसम परिर्वतनका कारण पनि कपाल झर्ने गर्छ । त्यस्तै पोषणयुक्त खानेकुराको कमी, कपालमा कृत्रिम रंगको प्रयोग, हर्मोनको परिर्वतन, कपालमा प्रयोग गरिने विभिन्न रसायनयुक्त स्याम्पु, तेल, कन्डिसनरको प्रयोगले पनि कपाल झर्ने समस्या निम्त्याएको हुन सक्छ । । कपाल झर्ने समस्यालाई मेडिकल भाषामा एलोपेसिया भनिन्छ । बजारमा पाइने रसायनयुक्त स्याम्पुलगायत अन्य हेयर क्यरिङका विभिन्न उत्पादनहको अत्याधिक प्रयोग, हेयरड्रायरको प्रयोग, जंक फुड धेरै मात्रामा खानाले, निरन्तर तातो पानीले कपाल नुहाउनाले पनि कपाल टुक्रिने र झर्ने गर्छ । यसलाई रोक्न हामीले निम्न उपाय अपनाउन सक्छौं ।
–रसायनको प्रयोग नभएका स्याम्पु, हेयर क्यरिङ प्रोडक्टको प्रयोग गर्ने–पोषणयुक्त खानेकुरा बढी मात्रामा खाने
– हेयरड्रायरको धेरै प्रयोग नगर्ने
– सकभर कपाललाई आफैं सुक्न दिने
– आफ्नो कपालमा उपयुक्त हुने तेलको प्रयोग गर्ने
– तेलले कपाल मसाज गर्ने
– नुहाउँदा तातो पानीको प्रयोग नगर्ने
– धूलोबाट आफ्नो कपाल बचाउने
– तनाव कम लिने
– अनिद्रामा नबस्ने
चायाले पनि कपाल झर्ने समस्या बहुतै ल्याउँछ । भिटामिन ए, भिटामिन इ, भिटामिन के र आइरनको कमीले पनि कपाल झर्नसक्छ । समाधान समाधानका लागि पोषिलो खानेकुरा खानु जरुरी छ ।कम्तीमा हप्ताको एक दिन कपालमा तेल लगाएर मालिस गर्नु राम्रो । यसो गर्नाले केशको जरामा रक्तसञ्चार राम्रो गराउँछ र केशको जरा दरिलो बनाउँछ । गर्मी मौसममा नरिवल र जाडोका बेला तोरीको तेल उपयुक्त हुन्छ । यति गर्दा पनि केश झर्न नरोकिए डाक्टरकहाँ जँचाउनुपर्छ । कतिपयको केश झर्ने समस्या वंशानुगत पनि हुने गरेको पाइन्छ । यस्तो अवस्थामा नेपालमा समेत केश प्रत्यारोपण गर्ने विधि भित्रिसकेको छ ।
प्रतिकृया दिनुहोस