योगी नरहरिनाथको जन्मोउत्सवमा विभिन्न कार्यक्रम

कालीकोट ,२३, फागुन ।  राष्ट्रगूरु योगी नरहरिनाथको जन्मोउत्सव विभिन्न कार्यक्रम गरि देशै भरी मनाइएकोे छ । नरहरिनाथ जन्मनुभएको कालीकोट गाउँमा पनि पनि धुमधामले १११औं जन्मोउत्सव समारोह मनाइएको छ । उहाँ जन्मनु भएको गाउँ पालिका नरहरिनाथ गाउँपालिकाले बिगतका वर्ष जस्तै उहाँको जन्मोउत्सव विशेष विविध कार्यक्रम आयोजना गरेको थियो । जिल्लाको नरहरिनाथ गाउँपालिकाको रहगाडमा राष्ट्रगुरु योगि नरहरिनाथको १११औं जन्मोउत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

उहाँको जन्मोउत्सवको सन्र्दभ पारेर योगी  नरहरिनाथका ेसम्मानमा नरहरिनाथ सांस्कृतिक तथा खेलकुद महोत्सव–२०८१ आयोजना गरिएको हो । नरहरिनाथ गाउँपालिकाको आयोजना र नरहरिनाथ नागरिक उत्थान केन्द्र को सह–आयोजनामा आयोजीत महोत्सव फागुन १७ गते उहाँको जन्मदिन देखि फागुन १९ गते ३ दिनसम्म रहगाडमा संचालन भएको थियो ।


कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले गर्नुभएको थियो । भने समापन बाग्मती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेलले गर्नु भएको थियो । सो तीन दिने कार्यक्रममा कणाली प्रदेश सभा सदस्य हिक्मत बहादुर बिस्ट , श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम भरतपुर १ देवघाटधामका  संरक्षक श्री शान्त प्रसाद पोखरेल, र ३४ औ कोटिहोम लगाइएको स्थान श्री शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रम  कोटिहोमस्थली गैडाकोट १० पितौंजीका पीठाधीश योगी खेचरनाथ, श्री वागीश्वरी आश्रमका अध्यक्ष शैलेन्द्र कुमार पिया, महासचिव अशोक पोखरेल, आश्रमका केन्द्रिय सदस्य एवंम पत्रकार सिर्जना अर्थाल , आश्रमका  कार्यालय प्रमुख  कमल पाण्डे, नेपालका चर्चित कलाकारहरू विपना सिंह, शंकर मल्ल, सुर्जा रावल, र रत्नकमल बिस्ट लगायतको उपस्थिती रहेको थियो ।
नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्ट, गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, प्रवक्ता प्रदीप बोहोराका लगायत गाउँपालिका परिवारहरुको सक्रियतामा सो भव्य कार्यक्रम सम्पन्न गरिएको छ । 

नरहरिनाथ गाउँपालिकामा बिगत ७  वर्षदेखि निरन्तर योगी नरहरिनाथको जन्मोत्सवलाई भव्य महोत्सवका
रूपमा मनाउने गरेको छ । । महोत्सवमा स्थानीय कला, संस्कृति, भेषभूषा, देउडा नृत्य,भजन का साथै भलीबल लगायतको खेलकुद प्रतियोगीता समेत  आयोजना गरिएको थियो । 
राष्ट्र गूरुको रुपमा समेत परिचित योगी  नरहरिनाथको जन्म १९७१ साल फाल्गुण १७ गते कालीकोट जिल्लाको लालुस्थित चाखा भडारीवाडामा भएको थियो । उहाँको बालअवस्थाको नाम  बलवीर सिंह थापा हो भने योग र साधनाका माध्यमबाट योगी नरहरिनाथ कहलिनु भएको थियो । उहाँले जीवनकालमा ५७३ पुस्तक लेखन गर्नुभएको थियो, जसमध्ये ३५९ कृति मात्र प्रकाशित छन ्। २७ भाषा बोल्न सक्ने योगि नरहरिनाथ २०५९ साल फागुन १३ गते राती १२ः४० बजे काठमाडौंको मृगस्थलीमा दिवंगत हुनुभएको थियो ।उहाँले आफ्नो जीवनकालमा ऐतिहासिक भूमी जुन ओझेलमा परेका थिए , ती भूमीहरुको संरक्षण अभियान कोटीहोम मार्फत गर्नुभएको थियो । उहाँले यस्ता पुरातात्विक महत्वका १२९ स्थानमा कोटीहोल लगाउनु भएको थियो । साथै उहाँले सामाजीक रुपान्तरणमा पनि उतीकै भूमिका निभाउनु भएको थियो । शास्त्रमा उल्लेख मानव जीवनमा गर्नुपर्ने १६ सस्कारका कर्मको अधिकार सबैजातजाती र लिगंकाले गर्नेपर्ने भन्दै त्यसको अभियान नै चलाउनु भएको थियो । भने स्त्री का साथै अन्य जातकाहरुले पनि गायत्री मन्त्रको अधिकार हुने भन्दै अभियान नै चलाउनु भएको समाज रुपान्तरणका योद्धाका रुपमा पनि उहाँलाई लिने गरिन्छ ।  

स्थानीय संस्कृति, खेलकुद, तथा धार्मिक महत्वलाई उजागर गर्ने यस महोत्सवले नरहरिनाथ क्षेत्रको पहिचानलाई अझ मजबुत बनाएको छ। “धार्मिक आस्था, खेलकुद, र सांस्कृतिक विविधताको संगम बनेको यो उत्सव नरहरिनाथको गौरवशाली इतिहासको अभिन्न अंश बन्दै गएको आयोजक समितिले जनाएको छ। आदिनाथप्रवर्तित नाथयोग सम्प्रदायका मुकुटमणि महायोगी गुरुगोरखनाथ परंपराका योगी शिरोमणि सडङ्गवेद पुराण, ईतिहास तथा पुरातत्वका विलक्षण ज्ञाता एवं प्रवक्ता काव्य, महाकाव्य अन्योक्तिकाव्य एवं उपदेश प्रधान चिन्तन प्रधान, सैकडौं ग्रन्थ्र रत्नका प्रणेता महान साहित्यकार हिमवतखणडका प्रथम अन्वेषक सम्पादक एवं अनुबादक नेपाल आमाका सच्चा सपुत वाग्देवतार ब्रह्मलिन योगी नरहरिनाथ ज्यूले ५४ औं कोटिहोम सम्पन्न भएको भूमि जहाँ राष्ट्र गुरु योगी नरहरिनाथको जीवनको महत्वपूर्ण समय सिर्जनका व्यातित गर्नु भएको छ, श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम भरतपुर १ देवघट्ट र ३४ औ कोटिहोम लगाइएको स्थान श्री शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रम  कोटिहोमस्थली गैडाकोट १० पितौंजीका संरक्षक श्री शान्त प्रसाद पोखरेल, कोटिकोम आश्रमका पीठाधीश योगी खेचरनाथ, श्रीवागीश्वरी आश्रमका अध्यक्ष ८१ वर्षिय श्री शैलेन्द्र कुमार पिया, महासचिव एवम् योगीजीका अति निकटस्थ विस्वास पात्र श्री अशोक पोखरेल, वागमति प्रदेशका प्र स सदस्य तथा केन्दिय सदस्य विनु पौडेल रायमाझी, पत्रकार तथा के स सिर्जना अर्थाल र कार्यालय प्रमुख श्री कमल पाण्डे समेत प्रतिनिधि मण्डल राष्ट्रगुरु योगी नरहरिनाथ ज्यूको १११ औं प्राकट्य दिवशको सन्दर्भमा योगी नरहरिनाथ गा पा को आयोजनामा सञ्चालित १११ औं प्राकट्य दिवश समापन समारोहमा गाउँ पालिका अध्यक्ष श्री नगेन्द्र बहादुर विष्टको निमन्त्रणालाई स्वीकार गरि श्री शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रम को निर्णयानुसार हामी फागुन १७ गते त्यस तर्फ लागेका थियौं । गुरुको प्राकट्य भूमिको दर्शन पछि गुरु प्रसाद लिएर कार्यक्रम समापन स्थलतर्फ लाग्यौं। माननिय श्री विनु रायमाझी पौडेलको प्रमुख आतिब्यता तथा अध्ययी श्री नगेन्द्र बहादुर विष्टको अध्यक्षतमा उत्साहपूर्ण जनसहभागिता, भावनात्मक आत्मिय स्वागत पछि समापन समारोहलाई संवोधन गरि रातको १ बजे सुर्खेत आई वास बसियो ।
        

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज राम भगवानको जन्मदिन (राम नवमी)

काठमाडौँ ,२४,चैत। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान्  रामचन...