माघ,६,काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -(अ ने सा स) नेपाल च्याप्टरको आयोजनामा प्रा डा गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् पुस्तकको लोकार्पण भएको छ। अ ने सा स नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठान कुलपति माननीय भूपाल राई हुनुहुन्थ्यो। सो कार्यक्रममा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो | सो कार्यक्रममा धेरै साहित्यकारहरूले, प्रा डा गोपी उप्रेतीले गर्नुभएको योगदान तथा प्रकृति नै जीवन हो।लेखको मन्तव्य को क्रममा मानव प्रभावयुग भन्ने नामाकरण गर्नुभएको छ। जलवायु परिवर्तन मानव प्रभावले बनाएको हो। नाफामूलक व्यापारले प्रकृतिमा गलत प्रभाव पारेको छ। शक्तिशाली देशले पर्यावरण नाश गरेका छन्। प्रकृति आफै विरुद्धको युद्ध जल, जमिन जंगल जैविक विविधतामा नै नोक्सान हुन खोजेको छ | अंग्रेजीमा Anthropocene भन्ने शब्दलाई नेपालीमा प्रलयकारी मानव प्रभाव युक्त भन्ने नामाकरण प्रस्ताव राख्नुभएको छ। हिन्दू कुश हिमालय पर्वतदेखि अन्टार्टिका सम्म हिउँ पग्लने तथा प्रकृति दहन हुने कुरा समेत कविताको माध्यमद्वारा प्राडा गोपी उप्रेतीले व्यक्त गर्नुभएको छ। मानवले आफ्नो आवश्यकता परिपूर्ति गर्नको लागि प्रकृतिलाई नै दोहन गरेको छ | प्रकृति र मानव जीवन जोडिएको छ| संसारमा भएका सबै प्राणीहरूको समान भोग अधिकार हो। भन्ने जस्ता गहन अभिव्यक्तिहरू प्रस्तुत भएका थिए। सो कार्यक्रममा कविता वाचन गर्ने तथा मन्तव्य राख्नेहरूमा कवि कृष्ण भाउजी, राधे श्याम लेकाली, सरिता अर्याल, विक्रम भक्त जोशी, बाबा जोशी, बिमला राई पौडेल, शान्ति रिसाल, डाक्टर गीता त्रिपाठी हुनुहुन्थ्यो | सो कार्यक्रममा धेरैभन्दा धेरै विद्वत्व वर्गको सहभागिता थियो। महेश पौडेलद्वारा प्रकृति मा रहेका सबै प्राणीहरूको समान अधिकार रहन्छ,भन्ने कुरा व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा प्रमुख अतिथिको वक्तव्यमा प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईले प्रा डा गोपी उप्रेती ज्यूले कविताको माध्यम द्वारा प्रकृति रहे मानवको जीवन रहन्छ। प्रकृति नै रहेन भने मानव जीवन अन्त हुन्छ भन्ने गहन अभिव्यक्ति राख्नुभएको थियो | कार्यक्रमका अध्यक्ष राजेन्द्र केसीले साहित्यको मर्म तथा प्रा डा गोपी उप्रेतीद्वारा लेखन पुस्तकको गरिमामय लेखाईप्रति उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी तथा आयोजक समितिका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। सो कार्यक्रम मन्जिला उप्रेतिले सहजीकरण गर्नुभएको थियो। प्रकृत्या सह जीवनम् पुस्तकको माध्यमद्वारा पर्यावरण तथा प्रकृति नै श्रेष्ठका महान हुन् सन्देश दिन खोजिएको छ।
प्रतिकृया दिनुहोस