अम्बिका परियारको स्मृतिमा शोकसभा

मंगलपुर, २ माघ, । दलित मूक्ति मोर्चाका सस्थापक अध्यक्ष समाजसेवी व्याक्तित्व अम्बिका परियार दिर्वगत हुनुभएको तृतीय दिनको पुण्य तिथीको दिन आज उहाँको भरतपुर १५ मंगलपुर स्थित निवासमा शोकसभा आयोजना गरिएको छ । परियार सेवा समाज चितवनको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि समाजका पूर्व केन्द्रिय अध्यक्ष एवं संरक्षक डिवी परियार रहनुभएको थियो । सो क्रमम उहाँले दलित आन्दोलनका योद्धा दिवंगत परियार रहनुभएको भन्नुहुदै उहाँको निधनले नेपालभरका परियार समुदायले अभिभावक गुमाएको बताउनु भयो । परियार सेवा समाज चितवनका अध्यक्ष बाबुराम छिनालको अध्यक्षतामा भएको सा शोकसभामा क्रान्तीकारी कम्निष्ट पार्टा केन्द्रिय सल्लाहकार बाबुराम प्यासी लगायत परियार सेवा समाज सहित परियार गुठीका विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो । , परियार सेवा समाज केन्द्रिय समितिका उपमहासचिव समुन्द्र परियारका बुबा एवं केन्द्रिय सदस्य अतिना परियारका हजुर बुबा दिवंगत परियारको निमोनीयाका कारण गत पुष २९ गते उपचारको क्रममा ७८वर्षको उमेरमा भरतपुर अस्पतालमा निधन भएको थियो । उहाँ नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिका सल्लाहकार समेत हुनुहुन्थ्यो ।उहाँको २ छोरा र २ छोरी रहनुभएको छ । उहाँको श्रीमतीको पनि केहि महिना अगाडी निधन भईसकेको छ ।
प्रतिकृया दिनुहोस