राम जानकी बालिका आश्रमको १५ औँ स्थापना दिवस मनाइयो

 

देवघाट, पुस ,२६।  भरतपुर महानगरपालिका वडा-१ स्थित रहेको लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञचालित श्री
राम जानकी बालिका आश्रम(कन्यागुरूकुलम) को १५ औँ संस्था स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । सो कार्यक्रम शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर-१ का वडाअध्यक्ष केशव महर्जनको प्रमुख आतिथ्यतामा तथा वडा-१ का सदस्य राममायाँ पिया,योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकाल,सिताराम सँस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियोे ।

सो कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर-१ का वडाअध्यक्ष केशव महर्जनले आश्रमले स्थापनाकाल देखि नै धेरै राम्रो सेवा दिदै आएको बताए । बिना स्वार्थ सेवा सँगसँगै बालिकाहरूलाई उनिहरूको दक्षताले भ्याएसम्म शिक्षा दिदै व्याजदर सम्म अध्ययन गराइराख्नु भएको छ जुन कार्यप्रति आफुलाई धेरै खुसी मिलेको भन्दै आ
श्रम प्रति कृतज्ञा प्रकट गरेका थिए । साथै आगमि दिनहरूमा पनि आश्रमको लागि वडाबाट गर्नुपर्ने काममा कुनै पनि कन्जुस्याइँ नरहेको वडाअध्यक्ष महर्जनले प्रतिवद्वता गरे ।  

विगत लामो समय देखि विभिन्न बाधा समस्याका बाबजुद पनि छोरीहरूलाई संरक्षण गर्दै आएको कार्य अति नै सराहनीय कदम अगाडि बढाएको कार्यक्रमका विशिष्ट अतिथि योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताएका थिए । अध्यक्ष ढकालले आत्मदेखि म यो सेवा गर्छु भनेर अगाडि बढ्यो भने त्यो व्यक्त एक न एक दिन अबस्य सफल भइन्छ भनेझैं संस्थाका अध्यक्ष आदरणीय माता सावित्री टण्डन छोरीहरूको संरक्षणमा एक सफल व्यक्ति भएको बताए । र उनले आउदो दिनहरूमा आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्वता गरे । 

संस्था स्थापना दिवसको अवसरमा आश्रमलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउदै आएका व्यक्तिलाई विभिन्न विधामा सम्मानपत्र र दोसल्ला मार्फत सम्मान गरिएको थियोे । कार्यक्रममा प्रतिष्ठानका महासचिव रामेश्वर खनालले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने बालिका कल्पना लोक कल्याणीले आश्रमको आ.व.२०८१/०८२ को अर्धवार्षिक प्रतिवेदन आर्थिक आयव्यय प्रस्तुत गरिएको थियोे । 

साथै स्थापना दिवसको अवसरमा आश्रमले स्व.जुनिता बुढा लोककल्यायीको स्मृतिमा छात्रवृत्ति समेत वितरण गरिएको थियोे । उक्त छात्रवृत्ति आदिकवि भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बिपन्न र जेहेन्दार विद्यार्थी कृतिका नेपालीलाई ७ हजार १ सय ५ रूपैयाँ नगदसहित स्टेसनरी सामाग्री दिइएको हो । स्व.लोककल्याणीको स्मृतिमा हरेक वर्ष यस्तै कार्यक्रमहरू गर्दै आइरहेको कार्यक्रमका सभापति एवं सँस्थाका अध्यक्ष सावित्री टण्डनले जानकारी दिए । 

उक्त कार्यक्रममा सिताराम संस्कृत माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक अर्जुन पाण्डेय,शिक्षिका बसुनुधरा पौडेल,प्रतिष्ठानका केन्द्रीय सचिव तारा पुडासैनी लगायत आश्रमका शुभचिन्तकहरूको सहभागीता रहेको


प्रतिकृया दिनुहोस