साधारणसभा सम्पन्न

 
देवघाट,,१५ पुष । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित श्री इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तीवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा  सनिवार चक्रवर्ती सामुदायिक वनको सभाहलमा सम्पन्न भयो । 
 श्री इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तीवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संरक्षक ईश्वरानन्द सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा,विशिष्ट भवनीप्रसाद तिमिल्सिना,संस्था उपाध्यक्ष दधिराम सापकोटा,संस्थाका कोषाध्यक्ष टेकराज सापकोटा लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो,
 
 संस्थाका अध्यक्ष  डिलबहादुर गुरुङ अध्यक्षतामा सम्पन्न सो साधरणसभामा अध्यक्ष गुरुङले भावी योजनाहरुको खानेपानी अपुग स्थानहरुमा तुरुन्त पाइपलाइन विस्तार गर्ने र खानेपानीको मुहानलाई संरक्षण गर्ने बताउनु भएको थियो। कार्यक्रम संस्थाका  सचिव  उषा नैनावस्तीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...