भगवती टोल विकास सस्थामा शोभाको नेतृत्व
पुष ६, बेलचोक । भरतपुरमहानगर ३ रहेको भगवती टोल विकास सस्थाको अध्यक्षमा शोभा देवी कंडेल निविरोध चयन हुनुभएको छ । सस्थाको भरतपुर ३ मा रहेको बेलचोक भगवती मन्दिर परिसरमा भएको १८ औ साधरणसभा तथा ९ औ अधिवेशनबाट अध्यक्ष सहित १३ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पदम बहादुर थापा , उपाध्यक्षमा सुमित्रा देवकोटा , सचिवमा रोशन थापा,सहसचिवमा हिरामणि गौतम ,कोषाध्यक्षमा हरिहर पौडेल ,सहकोषाध्यक्षमा अनिता थापा चयन हुनुभएको छ । यसै गरि सदस्यहरुमा मिना गौतम ,गणेश पौडेल, शिवराज पोखरेल ,दिनेश थापा , गोविन्द कर्मचार्य र लिला पौडेल चयन हुनुभएको छ ।
भरतपुरमहानगर ३ रहेको भगवती टोल विकासको आज बेलचोक भगवती मन्दिर परिसरमा१८ औ साधरणसभा तथा ९ औ अधिवेशन भरतपुर महानगरपालिकाका वडा अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले आफ्नो वडामा भएका सबै टोलको विकास र सम्बृद्धि सगै वडावासीको हित अनुकुल टोल विकास सस्थाले कार्य गर्नपर्ने भनाई राख्नुभयो । वडाले टोल आवश्यकता अनुसार कार्य गरेको बताउनु हुदै टोललाई नमुनाको टोल बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याउनु भयो । सो कार्यक्रममा विशिष्ठ अतिथिी वडासदस्यहरु माधव अर्याल ,कमला बोलखे , बेलचोक भगवती मन्दिर समितिका अध्यक्ष शंकर सापकोटा , बेलचोक टोल विकासका अध्यक्ष इन्दिरा कंडेल, , टोलका पूर्व अध्यक्ष गणेश पौडेल लगायतले बोल्नुभएको थियो । टोल बिकासका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव रोशन थापाले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष पदम बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष शोभादेवी कंडेलले सहजीकरण गर्नुभएको सो कार्यक्रममा टोल विकास सस्थाका सदस्य समेत रहनुभएको बेलचोक भगवती मन्दिरका अध्यक्ष शंकर सापकोटा , वडा स्तरिय तीज गीत प्रतियोगीताका सान्तवन स्थानमा बीजयी महिला समूहका साथै सस्थाकै समितिमा सबैभन्दा योगदान दिनुभएको भन्दै कोषाध्यक्ष पदम बहादुर थापालाई दोषल्ला ओढाएर सम्मान समेत गरिएको थियो । अधिवेशन सम्पन्न गर्नका लागि टोल विकास समितिका सल्लाहकार रामनाथ गौतमको संयोजकत्वमा टोल विकासका सदस्यहरु पुष्पा भन्डारी र राजेन्द्र थापा सहितको तीन सदस्यीय समिति समेत गठन गरिएको थियो । भगवती टोल विकास सस्थामा १९१ घरधुरी रहेका छन् ।
प्रतिकृया दिनुहोस