सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

 पुष ,६,शनिवार । पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल चिवतनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहआयोजनामा ११ देखि १५ पुससम्म महोत्सव हुन लागेको हो। यो  १८औँ संस्करण
महोत्सवबारे जानकारी दिन  आयोजकले चितवनको सौराहाका साथै पोखरामा समेत पत्रकार सम्मेलन आयोजना गरेको छ ।  सो क्रममा आउँदो अंग्रेजी नयाँ वर्षको अवसरमा सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्ने उदेश्यसहित १७ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको महाेत्सव प्रचार कमिटी सँयाेजक  ओमप्रकाश पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार रत्ननगर–७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने महोत्सवको मुख्य आकर्षणहरूमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हत्तीको शृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगा रेस प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूसँग बिटुबी, चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा दैनिक सांस्कृतिक कार्यक्रम, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनलगायतका कार्यक्रम रहेका छन्।

महाेत्सव आयाेजक समितिका सँयाेजक रामकुमार अर्यालले    रास्ट्रपति रामचन्द्र पाैडेल द्वारा कार्यक्रमकाे उद्घाटनगरिने र सो लगतै ` जैविक विविधता तथा वन्यजन्तुको राजधानी चितवन साैराहा ´ काे घाेषणा हुने  साैराहामा भएको पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार रास्ट्रपति रामचन्द्र पाैडेलले स्तम्भकाे लाेगाे अनावरण गर्नुहुने कार्यक्रम तय भएकाे छ। साेहि दिन हात्तीको फुटवल पेनाल्टी सुटआउट तथा विविध सास्कृतिक प्रस्तुति रहने छ ।

। कोरोनाका कारण ०७६ सालदेखि रोकिएको महोत्सव ०८० देखि निरन्तरता पाएको हो। चितवनमा यो महोत्सव २०५५ सालदेखि भइरहेको छ। 
चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको महोत्सवलाई गत वर्षदेखि निरन्तरता दिइएको हो।

महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने आयोजकले जनाएको छ।
सँस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश,चितवन राष्ट्रिय निकुञ्ज,मध्यवर्ती क्षेत्र,पर्यटन बाेर्ड तथा पर्यटन कार्यालयले प्रवर्द्धन गरेकाे महाेत्सवकाे सह- आयाेजक भने युनाइटेड हात्ती सञ्चालन सहकारी र रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल, चितवन रहेकाे छ ।


प्रतिकृया दिनुहोस