शहिद पौडेलको १३ औं स्मृति दिवस समारोहमा सम्पन्न

चितबन,४ पुष । चितबन जिल्ला तरुण दलका तत्कालिन अध्यक्ष शहिद शिव प्रसाद पौडेलको सोमवार १३ औं स्मृति दिवस समारोहमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य नेपाल सरकारका पुर्व गृहमन्त्री वालकृष्ण खाँडको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।सो क्रममा उहाँले ६ महिना सम्म कांग्रेसले कांग्रेसलाई गाली नर्गन आग्रह गर्नु भयो । गत मंसिर १६ गते सम्पन्न स्थानिय उपचुनावलाई सम्झदै पूर्व मन्त्री खाँडले कांग्रेसले कांग्रेसलाई उपनिवार्चनका क्रममा गाली नगरेकै कारण परिणाम राम्रो आएको भनाई राख्नु भयो । सो कार्यक्रममा पुर्व मन्त्री कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले स्मृति मन्त्वय दिनु भएको थियो । सो सन्र्दभमा उहाँले शहिद शिव पौडेलको अभाव पार्टीलाई सर्धै भइरहेको भन्नुभयो ।

कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री एवं काग्रेस युवा नेता उदय शमशेर राणाले चितबन जिल्ला पनि सहकारीहरुको समस्या बाट अछ्तो नरहेको बताउनु भयो । देशको अर्थतन्त्र संकटमा पर्नुको प्रमुख कारण सहकारी रहेको बताउनुहुदै सहकारीको माध्यम बाट साना उधोग,मजौला उधोग देखि उधोगलाइ सहकारीले सहयोग पुगेको भनाई राख्नु भयो । उहाँले सहकारीका कारण अहिले काठमाडौँ,पोखरा,चितवन मात्रै नभइ देशको अर्थतन्त्रमानै समस्या आएको बताउनु भयो ।
कार्यक्रममा, नेपाली काग्रेस केन्दीय सदस्य टेक प्रसाद गुरुग ,नेपाली काग्रेस महोत्तरीका सभापती नगेश्वर यादव, ं, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, कांंग्रेस चितवनका पार्टी सभापति राजेश्वर खनाल ,नेपाल तरुण दल चितवन जिल्ला पूर्व अध्यक्ष शम्भु अर्याल लगायतले स्मृति मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्व पौडेलको स्मरणमा तयार पारिएको जीवनी सहितको अडियो भिडियो प्रस्तुत गरिएको थियो । कांग्रेस भरतपुर १० का सभापति गणेश गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमा परिवारका तर्फबाट शहिद शिव प्रसादको श्रीमती बाग्मती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेलले आफना भनाइहरु राख्नु भएको थियो भने शहिद शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठान सचिव कल्पना पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
तरुण दलका तत्किालिन अध्यक्ष शहिद शिव प्रसाद पौडेलको २०६८ साल पुष २ गते कारागारमा हत्या भएको थियो । बुबा नारायण पौडेल ,शहिद पौडेलको १ छोरा शिविन जंग र श्रीमती विनु रायमाझी रहनुभएको छ । उहाँकोे सहोदर भाई गौपी पौडेलको पनि २०६६ जेठ ३ गते हत्या गरिएको थियो ।
प्रतिकृया दिनुहोस