शूरु भयो देवघाटबाट गण्डकी परिक्रमा महोत्सव
देवघाटधाम , २९ कार्तिक । आज देवघाटधाममा गण्डकी परिक्रमा शुरु हुदैछ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो ।
देवघाटधाम क्षेत्रमा रहनुभएका सन्त महात्माको अगुवाइ सगै नेपाल सन्त समाजको आह्वान तथा देवघाट क्षेत्र विकास समितिको समन्वयमा
परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वरालले जानकारी दिनुभयो । यो अभियान २०३८ सालमा शूरु गरिएको थियो । त्यसको ४० वर्षपछि २०७८ सालबाट यस परिक्रमालाई पुन ः शुरु गरिएको हो ।
आयोजकका अनुसार आज बिहान तनहुँतर्फ देवघाटको वेणीसङ्गममा पुजाँ आराधना गरि यसको शुरुवात गरिन लागिएको हो । त्यसपछि क गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर)को परिक्रमा गर्ने कार्यक्रम रहेको निर्देशक बरालले जनाउनु भयो ।
त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर हनुमान मन्दिर), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम (बागीश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), हुदै पहिलोपटक चितवनको प्रसिद्ध गणेशधाम क्षेत्र पनि परिक्रमा यसपटक देखि गरिन लागिएको छ ।
त्यसपछि पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिने छ।
नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, गुरुकुल ,श्रीमद्रामानुज आश्रम, दिव्यधाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिदै ,पुन ः मणिमुकेन्दश्वरमा आएर समापन गरिने कार्यक्रम संयोजक एवं महेश सन्यास आश्रमका प्रार्चाय फडीन्द्र प्रसाद पौडेलले जानकारी गराउनु भयो उहाँका अनुसार पवित्र देवघाटधाम को पूर्ण परिक्रममा गर्ने मौन ब्रत , गर्दे ,कोहि जप गदै पनि परिक्रममा गर्न सक्नुहुनेछ ।
प्रतिकृया दिनुहोस