‘मूर्तिपूजा अन्धविश्वास होइन, यसले आस्थावान्लाई अनुशासनमा बाँधिरहेको हुन्छ’
काठमाडौँ । देवी शक्तिको महिमा गाइने दसैं चाड नेपालीको घरघरमा प्रवेश गरिसकेको छ । यो चाडमा घटस्थापनादेखि नै नवदुर्गाको पूजाअर्चना सुरु हुन्छ । देवी अर्थात् मातृशक्ति र यसमाथि विमर्श गरिरहनेमध्येका एक हुन्, अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तो ।
उनले आफ्नो किताब ‘गडेसेज अफ काठमान्डु भ्याली : ग्रेस, रेज, नलेज’ मा देवी स्थापना र परम्परालाई नारीवादी दृष्टिकोणबाट व्याख्या गरेका छन् । विभिन्न देवीलाई समाजले हेर्ने दृष्टिकोणको अर्थबारे किताबमा तर्कपूर्ण विश्लेषण छ । उनको पछिल्लो किताब ‘सिजन्स अफ द डिभाइन’ मा नेवार समुदाय र उपत्यकामा मनाइने जात्रा–पर्वका साथै काठमाडौंका सांस्कृतिक मिथक र ऐतिहासिकतामाथि गहन विमर्श पाइन्छ ।
उनले आफ्नो किताब ‘गडेसेज अफ काठमान्डु भ्याली : ग्रेस, रेज, नलेज’ मा देवी स्थापना र परम्परालाई नारीवादी दृष्टिकोणबाट व्याख्या गरेका छन् । विभिन्न देवीलाई समाजले हेर्ने दृष्टिकोणको अर्थबारे किताबमा तर्कपूर्ण विश्लेषण छ । उनको पछिल्लो किताब ‘सिजन्स अफ द डिभाइन’ मा नेवार समुदाय र उपत्यकामा मनाइने जात्रा–पर्वका साथै काठमाडौंका सांस्कृतिक मिथक र ऐतिहासिकतामाथि गहन विमर्श पाइन्छ ।
सांस्कृतिक रूपमा काठमाडौंलाई उनले एथेन्स, रोम, बनारस सहरसँग तुलनासमेत गरेका छन् । यसअघि ‘संस्कृति चिन्तन’ किताब प्रकाशित गरिसकेका अरुण गुप्तोसँग देवी शक्ति, संस्कृति, मिथक र जात्रा–पर्वका विषयमा केन्द्रित भई दीपक सापकोटा र फणीन्द्र संगमले गरेको कुराकानी :
हिन्दूहरूको सबैभन्दा ठूलो चाड दसैं आएको छ, यो चाडसँग अनेक प्रभावशाली मिथक जोडिएका छन् । मूलतः दसैंमा देवी शक्तिको पूजा गरिन्छ । तपाईंको अध्ययनमा दसैं र देवीको सम्बन्ध के हो ?
हिन्दूहरूको सबैभन्दा ठूलो चाड दसैं आएको छ, यो चाडसँग अनेक प्रभावशाली मिथक जोडिएका छन् । मूलतः दसैंमा देवी शक्तिको पूजा गरिन्छ । तपाईंको अध्ययनमा दसैं र देवीको सम्बन्ध के हो ?
मूलतः दसैं देवी दुर्गाको चाड हो । उनले महिषासुर र अन्य राक्षसको वध गरेको कथा त सबैले सुनकै छौं । राक्षसहरूसँग लड्ने क्रममा उनले आमा चरित्रको रूप लिइन् । क्रोधित भएका बखत असुरलाई नियन्त्रणमा लिन आफ्नै शरीरबाट गुणकारी नकारात्मकता पैदा गरिन् । यसरी उनको शरीरबाट मातृकालगायत विभिन्न देवी प्रकट भए र महिषासुरसहित अन्य असुरको संहार भएको कथ्य पनि छ ।
देवीमा महाशक्ति, मातृका, संरक्षणकारी बाराही जस्ता रूप देखिन्छन् । एउटा मिथकीय चरित्रमा रहेर बहुरूप हेर्दा उनलाई महान् दुखान्त नाटकको हिरोजस्तो लाग्छ । एक्ली, निरीह दार्शनिक यात्री जस्तो पनि या उत्सवको हल्लाका बीच उभिएकी अबला नारी जस्तो । तर, महिषासुरलाई वध गर्दैगर्दा पनि उनी रिसाएको देखिँदैन । देवीले महिषासुरलाई दैव अस्तित्वमा आत्मसात् गरेकी हुन् ।
देवीमा महाशक्ति, मातृका, संरक्षणकारी बाराही जस्ता रूप देखिन्छन् । एउटा मिथकीय चरित्रमा रहेर बहुरूप हेर्दा उनलाई महान् दुखान्त नाटकको हिरोजस्तो लाग्छ । एक्ली, निरीह दार्शनिक यात्री जस्तो पनि या उत्सवको हल्लाका बीच उभिएकी अबला नारी जस्तो । तर, महिषासुरलाई वध गर्दैगर्दा पनि उनी रिसाएको देखिँदैन । देवीले महिषासुरलाई दैव अस्तित्वमा आत्मसात् गरेकी हुन् ।
मान्छेले कहिलेदेखि देवी–देउताको परिकल्पना गर्यो र उसमा मूर्ति बनाउने विचार आयो ?
मानवशास्त्रीय व्याख्यामा प्रकृतिमा धेरै शक्ति छ– सकारात्मक, नकारात्मक । कहिले हुरीबतास, बाढीपहिरो आउने, कहिले धानबाली, फलफूल राम्रो भइदिने । प्रकृतिको सम्बन्ध मान्छेसँग हुन्छ । त्यसलाई बुझ्न खोज्दा प्रकृतिको रहस्यमाथि मान्छेले धेरै सोच्न थाल्यो । कहिले आनन्द त कहिले दुःख दिने प्रकृतिका अनेक रूपसँग साक्षात्कार हुँदै जाँदा मान्छेले थरीथरीका भावनासँग जोड्दै गए । र, दैवीय शक्तिको रहस्यबारे चासो बढ्न थाल्यो । हामी जे देख्छौं, त्यसभन्दा पर केही न केही अलौकिक छ भन्ने त लाग्छ नि । त्यो सोचाइलाई प्रगाढ बनाउन मान्छेले देवी–देउताको कल्पना गरे, शक्तिका रूपमा ।
मानवशास्त्रीय व्याख्यामा प्रकृतिमा धेरै शक्ति छ– सकारात्मक, नकारात्मक । कहिले हुरीबतास, बाढीपहिरो आउने, कहिले धानबाली, फलफूल राम्रो भइदिने । प्रकृतिको सम्बन्ध मान्छेसँग हुन्छ । त्यसलाई बुझ्न खोज्दा प्रकृतिको रहस्यमाथि मान्छेले धेरै सोच्न थाल्यो । कहिले आनन्द त कहिले दुःख दिने प्रकृतिका अनेक रूपसँग साक्षात्कार हुँदै जाँदा मान्छेले थरीथरीका भावनासँग जोड्दै गए । र, दैवीय शक्तिको रहस्यबारे चासो बढ्न थाल्यो । हामी जे देख्छौं, त्यसभन्दा पर केही न केही अलौकिक छ भन्ने त लाग्छ नि । त्यो सोचाइलाई प्रगाढ बनाउन मान्छेले देवी–देउताको कल्पना गरे, शक्तिका रूपमा ।
बुद्धिजममा हीनयानपछि महायन विकास हुँदा पनि मूर्तिपूजा सुरु भएको थिएन । स्तूपहरू थिए– साँची, सारनाथ, स्वयम्भू, बौद्धजस्तो । ती संरचनामा मात्रै थिए । पछि गान्धार र मथुराजस्ता मूर्तिहरू बन्न थाले । हिन्दुको पनि होम गर्ने एउटा संरचना मात्रै थियो । दक्षिण एसियामा मोहनजोदारो हडप्पादेखिको सहरिया सभ्यता जब सुरु भयो, मान्छे जंगलबाट सहरतिर बस्न थाले । उनीहरूलाई संरचना चाहियो ।
मौर्य र गुप्तकालमा कोशल राज्य कपिलवस्तुमा दोस्रो सहरीकरण जब भयो, त्यसबेला मूर्तिको विकास धेरै भयो । मान्छेमा प्रकृतिलाई सन्तुष्ट बनाउन पूजा गर्नुपर्छ भन्ने सोचाइ भयो । तपाईं जब विचारलाई मूर्ति रूप दिनुहुन्छ, बुझाइ अझ गहन हुन्छ । जस्तैः द्रोणाचार्यले धनुर्विद्या सिकाउन नमानेपछि एकलव्यले माटोको मूर्ति बनाए र त्यसलाई गुरु मानी आफैं प्रशिक्षण लिन थाले । यसरी सम्पर्क वा माध्यमका लागि पनि मूर्ति आवश्यक पर्दै गयो । यसले मान्छेलाई केन्द्रित हुन, अनुशासित बनाउन मद्दत गर्छ भन्ने विश्वास बढ्न थाल्यो ।
त्यसो भए मूर्तिपूजा अन्धविश्वास होइन ?
होइन । मूर्तिपूजा अन्धविश्वास होइन । मुस्लिमहरू मक्का–मदिना नै किन जानुपर्यो त ? त्यहाँ त कुनै संरचना मात्रै छ, तर त्यसले विश्वास दिएको छ । निराकारलाई आकार दिने विश्वास हो यो । विश्वासको अन्तर्निहित मूर्ति त छ नि । मन्दिर, मस्जिद, चर्च जे होस्, हेर्दाखेरि संरचना मात्रै देखिन्छ त यसले आस्थावान्हरूलाई अनुशासनमा बाँधिरहेको छ ।
१० वर्षयता मात्रै हेर्ने हो भने पनि जात्राहरूको माहोल परिवर्तन भएको छ, जस्तो कि बिस्केट जात्रा । यसले के संकेत गर्छ ?
मान्छेको रुचि वा सहभागिता घटेको होला, तर जात्राभित्रको विधिविधान, संरचनामा त धेरै परिवर्तन भएको छैन । आधुनिकताको गति पहिले पनि थियो, आज पनि छ । परिवर्तन हुँदै विलीन पनि हुन सक्छ । चित्रकार, नाटककारले हराएको संस्कृतिलाई बिम्बका रूपमा जोगाइराख्न सक्छन् । उदाहरणका रूपमा अभि (सुवेदी) सरको नाटक र लोक चित्रकारको कलाको आलंकारिक सम्बन्ध छ । यो सम्बन्धले लुप्तलाई रचनात्मक आकार दिन्छ ।
सहभागिता घट्दै जाने, सांस्कृतिक अनुष्ठानको समयावधि पनि खुम्च्याउँदै लैजाने क्रमले नयाँ पुस्ताले कसरी आफ्नो परम्परालाई जोगाउँदै लैजान सक्छन् र ?
पश्चिमी मिथकीय परम्पराहरू सकिएको कारणै त्यही हो । कला, दर्शनमा इज्जत गर्छन्, लेख्छन्, पढ्छन् तर अभ्यास गर्दैनन् । तर काठमाडौंमा धेरै अभ्यास छ । घटी पनि रहेको छ त धेरै ‘स्लो’ छ । हामीकहाँ संस्कृति चाँडो धरापमा पर्ने चिन्ता लिनुपर्ने अवस्थाचाहिँ छैन ।
मान्छे विश्वव्यापीकरण र उपभोक्तावादबाट निराशा हुँदै गयो भने ‘रिलिज’ पाउने ठाउँ हामीसँग छ । त्यस्ता गाउँ, मिथकीय संरचना सहरमा छन् । तर, चीनमा त्यस्ता मिथकीय संरचना त संग्रहालयमा मात्रै छन् । हामीमा आधुनिकताको ‘फ्रस्ट्रेसन’ भयो भने भक्तपुर पुगेर पुराना कलाकृति नियाले पनि आनन्द मिल्छ । म भनिरहेको हुन्छु– संस्कृति सधैं धरापमा हुन्छ, त्यो हराउँदै जान्छ । काठमाडौंको मिथकले भने संस्कृतिलाई धेरै समातिरहेकाले यो जीवन्त नै छ ।
त्यसो त संस्कृति हराए पनि कुनै न कुनै रूपमा बाँचिरहेकै हुन्छ । मृत्यु संस्कार १३ दिनको हो, तर कतै ५/७ दिनमा सक्ने चलन पनि छ, समयको व्यस्तताले । हराउँछ भने कसैले रोक्न सक्दैन तर सांस्कृतिक सम्पदालाई मानवशास्त्री, विज्ञ, कलाकारले संग्रह गर्नुपर्छ । लेखकहरूले मात्रै होइन, संग्रहालयका लागि फोटोग्राफीका रूपमा अर्काइभ गर्न सकिन्छ– मठमन्दिर, देवी–देउताका फोटो जे भए पनि । संस्कृति संरक्षणको ठूलो प्रोजेक्ट नै बनाउनुपर्छ । विदेशी विज्ञले मात्रै गरेर हुँदैन, स्थानीय विज्ञको नेतृत्व हुनुपर्छ । हराउन त समयक्रममा संस्कृति हराउन सक्छ, तर जोगाउने विधिबाट संरक्षण गर्न सकिन्छ ।
आईएसआईएले इराकका हजारौं वर्ष पुराना संरचना ध्वंस गरेपछि युनेस्कोमा के प्रतिवेदन दिइयो भने ‘अबदेखि फोटो खिच्दाखेरि भवनको चारै दिशाबाट खिच्ने, सम्भव भए माथिबाट पनि ।’ थुप्रै दिशाबाट खिच्दा, त्यो महत्त्वपूर्ण हुन्छ, आर्किटेक्टबाट फेरि पुरानो शैलीमा बनाउन सकिन्छ ।
तपाईंले धेरै लेख्नु भएको छ– काठमाडौं उपत्यकाको मिथक अद्भुत छ । यो सहरलाई एथेन्स, रोम र बनारससँग तुलना गर्दै एकदमै पृथक् रहेको दाबी पनि गर्नुहुन्छ, कसरी ?
तीनवटा परम्परालाई लिएर यहाँको मिथकीय कलात्मक संरचना चलिरहेको छ– हिन्दु, बुद्धिस्ट र आदिवासी । हिन्दु देवतासँगको परिचय बुद्धिस्ट देवी–देउतासँग पनि छ, जनजातीय परम्परासँग पनि छ । काठमाडौंको सहर संरचना बहुआयामिक मिथकीय संरचनाबाट विकास भएको छ । यहाँ थुप्रै रीतिरिवाज, धर्म भए पनि द्वन्द्व छैन ।
हिन्दु वा बुद्धिस्टको चाडपर्वमा अरू रिसाउने, ईर्ष्या गर्ने भन्ने नै छैन । अझ यहाँ त हजारौं वर्षको परम्परालाई जीवित राखिएको छ, कथाका रूपमा मात्रै होइन कलाका रूप (गीत–संगीत, नाटक, टुँडाल) मा पनि । विभिन्न जात्रा–पर्वका रूपमा मात्रै होइन, दिनचर्याका रूपमा पनि परम्पराले निरन्तरता पाएको छ । परम्परा दिन प्रतिदिन प्रत्यक्ष अभ्यासमै देखिन्छ यहाँ । तर, एथेन्समा हजारौं वर्षको कलात्मकता अभ्यासमा छैन– त्यो कलामा छ, दर्शनमा छ, साहित्यमा छ, तर पूजापाठ र मिथकसँगको अन्तरक्रियामा छैन । एक किसिमले त्यहाँका परम्परा संग्रहालयमा सीमित छन् ।
मान्छे तर्क गर्छन्– बनारसमा पनि कलात्मकता र परम्परा बाँचेको छ । तर, बनारस बहुआयामिक छैन, त्यहाँ हिन्दु बढी छन् । हिन्दुत्व पुरुष सत्तात्मक छ, देवीमय छैन । राम र हनुमान छन्, महाराष्ट्रमा गणेश छन् । तर, काठमाडौंमा नारायण, शिवको मात्र होइन विरोधाभासी, तन्त्र्यानि, सामान्यदेखि महादेवीसम्बन्धी अनुष्ठानिक सक्रियता छ । कानदेउता, काली, दुर्गाजस्ता कलात्मक र धार्मिर्क संवेदनशीलताका अन्तरधार्मिक रूपहरू छन् । अन्तरधार्मिक अनुष्ठान काठमाडौंको संस्कृतिको उदाहरणीय दर्शन हो । अन्तर्दृष्टिपूर्ण सोचाइले हेर्दा फ्रेडरिक जेमिसनले भनेझैं अनुभूतिको संरचना एउटा संस्कृतिलाई अवलोकन गर्ने दृष्टिकोण हो । यस्तो संरचना संस्कृतिको धार्मिक सहिष्णुता मात्रै होइन, संस्कृति, कला र मानवको द्वन्द्वात्मक चिन्तन पनि हो । द्वन्द्वात्मकको अर्थ आलोचनात्मक गणना हो ।
काठमाडौंमा तीन किसिमका देवी छन्– मदर गडेस, महाविद्या ज्ञानकी देवी र बाराही । एउटाले संरक्षण गर्ने, अर्कोले ज्ञान दिने, अर्को आमाको देवी । सहरको अर्को विशेषता नारी शक्ति हो । यस्तो विशेषता एउटै उपत्यकाले बोकेको छ, जुन आधुनिक महानगरमा विरलै पाइन्छ । सहरिया संस्कृतिको द्वन्द्वात्मक पहिचान दक्षिण एसियाका अरू सहरिया संस्कृतिमा पाउन गाह्रो देखिन्छ ।
सहरमा संस्कृतिको निर्माणचाहिँ कसरी हुन्छ ?
नेवार सहर–संस्कृतिमा हिन्दु र बुद्धिस्ट कलाको समन्वयता धेरै पाइन्छ । संस्कृति निर्माणको यो एउटा बलियो पक्ष हो । चाँगुनारायण र स्वयम्भूमा विष्णु र लोकेश्वरको मूर्ति एकै शिलामा छ । बुद्ध धर्म र हिन्दु देवी–देउतालाई एउटै मूर्तिमा राखेको देखिन्छ । जनावरहरूको महत्त्वलाई पनि देवी–देउताका रूपमा मान्ने परम्परा छ । देवी–देउताको यौनिक आलिंगन पनि देखिन्छ । यो खालि कामुकता मात्रै होइन, ज्ञान र करुणाको आलिंगन हो । यो समन्वयता नेवार संस्कृतिको विशेषता हो । कामुकतालाई पवित्र रूपमा र ज्ञान–करुणालाई देवीका रूपमा लिने परम्परा छ ।
तन्त्रमा समेत समन्वयता छ । यसमा यौन पनि छ, ईश्वरीय पनि । तन्त्रले कुनै कुरा छुट्याउँदैन, न मांस न फूल । तन्त्रले मांस–मदिरा र मैथुन पनि आवश्यक ठान्छ र दर्शनमय चिन्तन आवश्यक छ भन्छ । काठमाडौं उपत्यकामा मात्रै होइन, दक्षिण एसियामै यो देखिन्छ । योगको अनुशासन र तन्त्र बिथोल्ने जुन परम्परा छ, यी दुईको मिश्रणबाट काठमाडौं उपत्यकाको संस्कृति निर्माण भएको छ । योग र तन्त्रको फरक तरिका कसैले बुझ्न सक्छ भने नेवार संस्कृतिले सक्छ ।
यहाँ देवी–देउतासँगको अन्तरक्रिया धेरै छ । यो अलौकिक मात्रै हुँदैन । मानवबाहिर प्रकृतिसँगको बुझाइ, वातावरणीय बुझाइ पनि हुन्छ । नेवार संस्कृतिमा तन्त्र कलालाई गुप्त ज्ञानका रूपमा मात्रै लिइएको हुँदैन । यो त जीवनको अनुभव र तरिका हो, अन्तर्निहित आध्यात्मिक शक्तिलाई बाहिर ल्याउने तरिका । मान्छेको अन्तर्निहित शक्तिका रूपमा चक्र छ, तन्त्रले यसको खोजी गर्छ । हरेक मान्छेभित्र अन्तर्निहित शक्ति हुन्छ । एक किसिमको ध्यानबाट त्यो शक्तिको अभिव्यक्ति प्रस्फुटन हुन्छ । तन्त्र योगाले सुषुप्त अवस्थाको शक्तिलाई विकास गराउँछ ।
विशेषगरी राजधानी उपत्यकामा हेर्ने हो भने गुँला पर्वदेखि इन्द्रजात्रासम्मै नेवार समुदाय व्यस्त रह्यो । यस्ता अनुष्ठानमा महिला नै बढी व्यस्त हुन्छन्, यी सांस्कृतिक भूमिकामा महिलाको स्थान के छ ?
तन्त्रमय र मिथकीय संरचना त काठमाडौं उपत्यकामा थुप्रै छन् । एकै महिनामा कैयौं अनुष्ठान, पूजापाठ चलिरहेको हुन्छ । जति पनि सांस्कृतिक अनुष्ठान हुन्छन्, त्यसमा महिलाको बढी जिम्मेवारी आइलाग्छ । महिला बढी व्यस्त हुनुपर्छ । एक विद्यार्थी भन्छिन्– संस्कृतिको दबाब नैतिक दासता जस्तो भएको छ महिलाका लागि ।
मान्छेको चहलपहल, जात्रा–पर्वले काठमाडौं सहर सांस्कृतिक रूपमा समृद्ध लाग्छ । यहाँको नेवार संस्कृति यति समृद्ध हुनुको कारण के होला ?
नेवार संस्कृति बुझ्नुछ भने यसभित्रको मिथकीय संरचना अध्ययन गर्नुपर्छ । नेवार संस्कृतिको विशेषता उसको ‘सिम्बोलिजम’ मा छ । त्यसलाई केलाउनु संस्कृति चिन्तन हो । आन्तरिक विचार, बुद्धि, सिर्जनशीलतामार्फत मिथक र कला केलाउनु नेवार संस्कृति बुझ्ने स्पष्ट बाटो हो । मिथकलाई धार्मिक अनुष्ठानका रूपमा लिनु, कलाका रूपमा प्रतिनिधित्व गर्नु नेवार संस्कृतिको चेतनशीलताको उदाहरण हो । यस्तो अरू संस्कृति–समाजमा पनि छ, तर नेवार संस्कृतिमा मिथकका यस्ता प्रतिनिधित्व दार्शनिक सोचाइबाट व्यक्त हुन्छन् । जुन आज विकास भइरहेको यहाँको सहरिया संस्कृतिमा पनि देखिन्छ । मैले ‘सिजन्स अफ द डिभाइन’ किताबमा काठमाडौं उपत्यका आधा नै मिथकीय छ भनेर लेखेको छु ।
लेखक आशिष नन्दी भन्छन्– केही सभ्यताले केही सभ्यतालाई थिचिरहेका हुन्छन् । नेवार संस्कृतिलाई पुरातन र मध्ययुगीन भन्दै यसको वर्तमान सान्दर्भिकतालाई सीमित गर्ने जुन तरिका छ, त्यसलाई नन्दी ‘हिस्टोरिकलले अहिस्टोरिकल सभ्यतालाई थिचिरहेको’ भन्छन् । मिथक र कलालाई लिएर काठमाडौं उपत्यकाजस्तो जुन सहर–संस्कृतिको निर्माण भएको छ, यो बेग्लै छ ।
नेवार संस्कृतिमा तन्त्र कलाको प्रयोग कसरी भइराखेको हुन्छ त ?
यो गुप्त पूजापाठ, मांस–मदिरा–मैथुनसँग सम्बन्धित मात्रै होइन । मैले अघि पनि भनें, यो जीवनको अनुभव र तरिका हो, जुन पेन्टिङका रूपमा, नृत्य कलाका रूपमा, कथाका रूपमा व्यक्त भइरहेको हुन्छ । यस्तो कला पौवामा मात्रै होइन, आधुनिक कला संगीतमा, ‘सोसल पर्फर्मेन्स’ मा पनि देखिन्छ । त्यसलाई आधुनिक चित्रकारले देखाइरहेका हुन्छन् । एरिना ताम्राकार वा किरण मानन्धरले आफ्ना सिर्जनामा देखाउँछन् । तन्त्र नबुझ्नेलाई पनि कला संगीत, चाडबाडका अनुष्ठानहरूले बुझाइरहेका हुन्छन् । मन्दिरमा, नृत्यमा, कथामा, कलामा सबैमा देखिन्छ तन्त्र र मण्डला ।
काठमाडौंको सांस्कृतिक विविधतालाई तपाईंले तन्त्रसँग पनि जोड्नुभयो । यो नेवार संस्कृतिमा मात्रै पाइन्छ कि अन्य समुदायमा पनि अभ्यासमा छ ?
दक्षिण एसियाका भारत र श्रीलंकामा पनि देखिन्छ । काठमाडौंमा जस्तोचाहिँ संसारमा विरलै पाइन्छ । हिन्दु धर्मलाई धेरै वेद, उपनिषद्, पुराणमा मात्रै जोड्छौं । सनातन धर्मका रूपमा लिन्छौं । तर, यसमा अरू पक्ष पनि छन् । मुक्तिका लागि मोक्षको दृष्टिकोण विकास हुँदा ११/१२ औं शताब्दीमा हिमाचल प्रदेश, तिब्बत, आसाम, नेपालतिर तान्त्रिक साधनाको परम्पराको विकास भएको भन्ने छ । सामान्य र अलौकिकता अनुभव तन्त्र हो । मांस–मदिरा, यौन, साधारण जीवनयापनबाट पनि मुक्ति पाउन सकिन्छ भन्ने धारणाले तन्त्रको विकास भएको हो । सँगै देवी–देउताको विकास भयो । तर, उनीहरू परालौकिकका रूपमा छैनन्, उनीहरू हरेकलाई हामी चिन्छौं, पूजा गर्छौं । एकदम ठूलो तपस्या गरेर मात्रै मुक्ति पाइँदैन । एउटा अन्डा फोरेर मन्दिरमा चढाए पनि शान्ति पाइन्छ ।
यहाँका कतिपय मन्दिरमा कलात्मक टुँडाल देख्न सकिन्छ । त्यसमा देवी–देउताको यौनक्रीडा दर्साइएको हुन्छ नि, यसको रहस्य के हो ?
कामुकता दक्षिण एसिया वा काठमाडौंको नेवार संस्कृतिमा मात्रै छैन । शिव–पार्वतीका कति कामुक कथा छन् । कामुकताले तन्त्रबाट आएको कलाको प्रतिनिधित्व गर्छ । सनातन वा वैष्णवले मांस वा कामुकता काम लाग्दैन भन्छ, तर तन्त्रले मुक्ति दिन्छ भन्छ ।
कुन बेला कामुकता ‘पोर्नोग्राफी’ हुन्छ त ? जब लुकेर, चियाएर हेरिन्छ । ‘किहोल पर्सपेक्टिभ’ बाट मात्रै हेर्न थालियो भने खराब धारणा बनिहाल्छ । दृष्टिकोण नै मुख्य कुरा हो । लुकेको यस्तो हेराइले नकारात्मकता निर्माण गर्न सक्छ । मियामीबिचमा धेरैजसो नांगैजस्तो हिँडिरहेका देखिन्छन्, तर स्वाभाविक छ । भारतको खजुराहोमा कस्ता कस्ता टुँडाल छन्, त्यसलाई कलाको कोणबाट हेर्नुपर्छ ।
मिथकलाई धर्मसँगै जोड्नुपर्ने कारण के हो ? कुनै समयका विशेष व्यक्ति–घटना नै मिथक बन्ने होइन र ?
म मिथकको विद्यार्थीे हुँ, धर्मको होइन । म पूजापाठ गर्दिनँ । स्वयम्भू वा पशुपति गएँ भने कलातिर तानिन्छु । जब हाम्रो विश्वास, दृष्टिकोण, सोचाइ संस्थागत हुन थाल्छ, यो नै मिथकको धर्मप्रति परिवर्तन हो । धर्म संस्था बन्छ । मिथकीय बुझाइ धरापमा पर्छ । जनावरलाई बलि दिएर मुक्त भइन्छ, स्वर्ग गइन्छ भन्ने जुन सोचाइ बन्दै जान्छ, त्यो धर्म हो ।
लेखक जोसेफ क्याम्पबेल एउटा पुरानो कथा भन्छन्– ‘अफ्रिकाका जनजाति जंगलमा जान्छन्, हरिणलाई लखेटेर मार्छन् । र, मारेर तिनका कानमा भन्छन्– हे जंगलका देउता ! तिम्रो रगत–मांसले मेरो परिवार चल्छ, तिम्रो रगत–मांस मेरो छोराछोरी र समुदायमा रहिरहन्छ । यो तिम्रो मृत्यु भएको होइन ।’ यो निर्दोषिता त धर्मले दिँदैन नि । उसले परिवार चलाउन त्यो गरिरहेको छ । यो सिकार र सिकारीको अस्तित्वको सम्बन्ध हो, धर्मभन्दा परको प्राकृतिक व्यवहार हो ।
आधुनिकताको प्रभावले सांस्कृतिक अभ्यासलाई नै परिवर्तन गर्ने जोखिम पनि रहन्छ ?
आधुनिकताले परिवर्तन गर्ने डर छ । जस्तैः मुन्धुममै असर पर्ने हो कि भन्ने डर छ । काठमाडौंको रीतिरिवाज, अनुष्ठान हेर्यो भने अभ्यासमा परिवर्तन धेरै कम छ । कि मान्छेले छाड्छन् कि घटाउँछन् तर परिवर्तन नै गर्दैनन् । आधुनिकतालाई लिएर कलाले मिथकलाई बुझाउन खोजिरहेको हुन्छ ।
विश्वव्यापी पुँजीवादको लहरले काठमाडौं जस्ता सांस्कृतिक सहरको मौलिकतामा कस्तो फरक पारिरहेको छ ?
मौलिकता सधैं धरापमा हुन्छ । मौलिकता भन्ने नै केही हुँदैन पनि । पार्थ चटर्जी के भन्छन् भने जति पनि पुँजीवादी आक्रमण होस्, त्यसले सांस्कृतिक संरचनालाई हटाउन सक्दैन । माओवादी युद्धकालको उदाहरण लिने हो भने यो भनाइ मिल्छ । माओवादी आन्दोलनले धर्मलाई खराब भन्दै आए पनि यसका कोही पनि नेता अधार्मिक हुन सकेनन् । तिनले देवी–देउता पुज्छन्, गेरु वस्त्र लगाएको त देखिएकै छ । भित्रको संरचना बिथोल्न धेरै समय लाग्छ पुँजीवादले । काठमाडौं हेर्दाखेरि लाग्छ, विश्वव्यापीकरणले मिथकीय संस्कृति बिगार्न सक्दैन ।
पशुपतिमा गत साउनभरि कोटिहोम चल्यो । हजारौं भक्तजन सहभागी भए । अनेथरीका ‘बाबा’, ‘महाराज’, ‘देवी’, ‘माता’हरूले प्रवचन दिए, महिलामाथिको विभेद र हिंसालाई प्रश्रय दिने खालका । धर्मले त प्रेम, श्रद्धा र राम्रो आचरण सिकाउनुपर्ने हो नि । यस खालका बाबा, देवी वा माताबाट हाम्रो संस्कृति कति धरापमा परिरहेको छ ?
यो उनीहरूको होइन हाम्रा अध्येता, विज्ञ, विश्वविद्यालयका प्रोफेसरहरूको दोष हो । उनीहरू अल्छी भए । क्लासमा बोल्छन्, सार्वजनिक वृत्तमा चुपचाप छन् । प्लालेस्टाइन घटनाका सन्दर्भमा युरोपियन लेखकहरू अल्छी भए भनेर धेरैले भनेका छन् । हिन्दुले मुसलमानलाई गाली गर्ने, बाबाहरूका नाममा खराब कुरा फैलाउने प्रवृत्ति बढेको छ । व्याख्या पनि उनीहरूले गरेका छन्, तथ्य–इतिहास नटेकीकन । एक ‘देवी’ ले भनिन्– लोग्ने मान्छेको जति दोष भए पनि डिभोर्स गर्नु हुन्न । उनीहरू मूर्ख छन्, त्यसरी नै बोल्छन् तर प्राज्ञिक, बौद्धिक, विज्ञहरूले नागरिकलाई बुझाउनुर्छ– यहाँ गल्ती भइरहेको छ है भनेर ।
बाबाहरू जन्मिनुमा हाम्रो दोष छ । अध्येताहरूकै मौनताले बाबा, महाराज र माताहरू प्रभावशाली भइरहेका छन् । कडा रूपमा हामीले भन्न सकेका छैनौं । उनीहरूको मूर्खतालाई खुब सुनिरहेका छौं । तर, बौद्धिक विमर्श हुन सकेको छैन । यस्तो गहन विषयलाई ‘मेन स्ट्रिम मिडिया’ र सचेत बौद्धिकहरूले नेतृत्व गर्नुपर्ने हो । यस्तो अवस्थामा बौद्धिक समूहको जिम्मेवारी बढी हुनुपर्छ । तर, उनीहरू नै निष्क्रियजस्ता देखिए । प्यालेस्टाइनको कुरा गर्दा हेबरमास पनि अल्छी देखिए । उनले बोल्न र लेख्न छाडे ।
त्यही कोटिहोममा आचार्य कृष्ण दमाईंले प्रवचन दिए । हिन्दुहरू भनिरहेका छन्– हामी विभेद गर्दैनौं । तर, के विभेदमा पारिएका कुनै व्यक्तिलाई व्यासमा राख्दैमा समाजको भुइँ तहको विभेद हट्छ त ?
एक जनाले गर्दा समाज परिवर्तन हुँदैन । यथार्थमा भित्र धेरै नै विभेद छ । कोटिहोममा त उनलाई बस्न दिए तर, समाजमा हुने बिहाबारी, पूजापाठमा दिँदैनन् । कोटीहोममा आम समूह थियो, सुरक्षित थियो । हामी चलाख छौं, ‘सेफ जोन’ खोजिरहेका हुन्छौं । अर्को पाटोबाट यो सकारात्मक पनि हो, परिवर्तन खोजिरहेका छौं भन्ने । तर, हामीकहाँ धेरै थोक ‘कस्मेटिक’ भएको छ । पश्चिमी समाजमा बहुसंस्कृतिवादको नाममा सीमान्तकृतहरूलाई जागिर दिइन्छ । चर्च नै बेग्लै छ त्यहाँ कालाका र गोराका लागि । त्यहाँ पनि चर्चमा कालाहरूलाई एक–दुई दिनका लागि गीत गाउन दिइन्छ, सधैं होइन ।
ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने कुरा चलेपछि त्यहाँका आदिवासी जनजातिले विरोध जनाए । एक त मुक्कुमलुङलाई पाथीभरा नामकरण गरिएकामा उनीहरूको असहमति छ, अर्कातिर आदिभूमिको संस्कृतिलाई विकासको नाममा मास्न खोजिएको भनिरहेका छन् नि । विकासले कुन रूपमा संस्कृतिलाई मास्न सक्छ ?
विकासले संस्कृतिलाई परिवर्तन वा ध्वस्त बनाउन सक्छ । बज्रयोगिनी जानुपर्दा सय वर्षपहिले दुई–चार दिनदेखि तयारी गर्नुपर्थ्यो । हिँडेर जाने कसरी भन्ने उत्साह हुन्थ्यो । अहिलेको विकासले गाडी वा केबलकारमार्फत तुरुन्त पुर्याउने बनायो । पहिले तीर्थ जाने भन्नेबित्तिकै बेग्ले खालको चिन्तन गरिन्थ्यो । किनकि तीर्थ एक किसिमको दर्शन हो, भक्ति साधना हो ।
अहिले त तीर्थ टुरिजम भइसकेको छ– थ्री नाइट्स, फो डेज टाइपको । तीर्थ ‘प्याकेज टुर’ भएको छ । तीर्थको रौनक अब सकिइसकेको छ । केबलकारले आर्थिक त फाइदा होला, तर मनकामना वा पाथीभराको तीर्थको मर्म बुझिन्न ।
धर्म–संस्कृतिमा समयानुकूल संशोधन जरुरी छ ?
यसले यदि एउटा समुदाय वा जातिलाई मात्रै महत्त्व दिइरहेको छ भने संशोधन जरुरी छ । कामको वर्गीकरणले जात निर्धारण गरिएको हो भन्ने भाष्य छ भने त हटाउनुपर्छ । खराब चिज परिमार्जन त गर्नैपर्छ ।:ekantipur
प्रतिकृया दिनुहोस