आज रातिदेखि डीभी फारम खुला

काठमाडौं । सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन आज राती देखि खुल्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ। बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ।

डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन्।अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ।

डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन भनेको छ ।एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाईएको छ ।

आवेदन भने https://dvprogram.state.gov/ मा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...