भरतपुर अस्पतालका डा केसीको ह्दयघातबाट निधन

भरतपुर । भरतपुर अस्पतालमा स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत डा सजन केसीको निधन भएको छ । 

डा केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज काठमाडौँमा निधन भएको हो । डा केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा १० औँ तहमा कार्यरत हुनुहुन्थ्यो । डा केसी बिरामीमाझ सहयोगी र मिलनसार चिकित्सकको रुपमा परिचित हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवान...