धर्म निरपेक्षता खारेजीको माग गर्दै काठमाडौंमा धार्मिक र्याली प्रदर्शन
काठमाडौं । देशमा बढ्दो धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढेको विरोधमा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले र्याली निकालेको छ ।
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको अध्यक्षतामा धर्म निरपेक्षता खारेज गर, हिन्दू अधिराज्य कायम गर, सांस्कृतिक हस्तक्षेप बन्द गर, सनातनीहरूमाथिको दमन बन्द गर, धर्मान्तरण बन्द गर, राष्ट्रिय एकता खण्डित गर्ने कार्य बन्द गर, जय श्री राम, जय श्री कृष्णजस्ता गगनभेदी नारासहित माईतीघर मण्डलाबाट र्याली निकालिएको हो ।
माईतीघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शमशेर राणा, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका उपसभापति अरुण कुमार पाण्डे, जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास, पूर्व गृह मन्त्री बुद्धिमान तामाङ, पूर्व मन्त्री पशुपति शमसेर जबरा, प्रकाश चन्द्र लोहनी, राप्रपा नेपालका तारानाथ लुईंटेल, नेपालका लागि नेपालीका सुशील चन्द्र अधिकारी लगायतले सम्बोधन गर्नु भएको थियो ।
र्यालीमा सहभागी माता कल्याणी आश्रम, राप्रपा नेपाल, राष्ट्रिय सरोकार मंच नेपाल, शाही युवा शक्ति, श्री वाइजु राजु महिला समिति, नेपाल जैन परिषद, श्री गुरुनानक गुरुद्वारा, जानकी मन्दिर जनकपुर, राम मन्दिर वैरागी अखडÞा, लक्ष्मी नारायण मठ मठियानी, ज्योतिष परिषद, पशुपति महिला नित्य आरती परिवार, सनातन धर्म सेवा नेपाल, राष्ट्रिय नागरिक संघर्ष समितिलगायत विभिन्न धार्मिक, हिन्दूवादी/राष्ट्रवादी संघसंगठनका प्रतिनिधिले हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको फ्रति चिन्ता व्यक्त गरेका छन ।
वत्ताहरूले लोकतान्त्रिक भनिएको संविधानबाट समग्र नेपाली जनता, ८१ प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी तथा ९४ प्रतिशत भन्दा बढी ॐकार परिवारले अपनत्व महसूस गर्न नसकेको बताएका छन ।
संविधान जारी हुंदा देखि नै विश्व हिन्दु महासंघ लगायतले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आएको र हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको हुंदा संविधान संशोधन गर्दा नेपाललाई पुनः हिन्दू अधिराज्य घोषणा गर्नु फर्ने वक्ताहरुले धारणा राखेका छन ।
देशमा धार्मिक–सांस्कृतिक अतित्रमण, धर्मान्तरणका समस्याहरू गम्भीर रुपमा बढेर गएको प्रति चिन्ता व्यक्त गरे । वसुधैव कुटुम्बकमको उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुर्याउन र नेपालीको मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधिहरू दिनानुदिन बढीरहेकोमा सरकारको ध्यानाकर्षण गराउदै वक्ताहरूले आवन्छित गतिविधिमा अंकुश लगाउन समेत माग गरेका छन ।

प्रतिकृया दिनुहोस