ममता काफ्लेको खोजी सक्रिय रुपमा जारी राखेको प्रहरी विभागद्वारा जानकारी
अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बसोबास गर्ने २८ बर्षिय स्वास्थ्य परिचारिका ममता काफ्लेलाई प्रहरीले अझै पनि फेला पार्न सकेको छ । गत अगस्त १ देखि बेपत्ता भएको ममता काफ्लेका पति नरेश भट्टलाई शव लुकाएको भन्दै प्रहरीले हिरासतमा लिएको छ ।
उनलाई हत्याको अभियोग लगाईएता पनि मनासस पार्क प्रहरी विभागले उनको शव फेला पार्न सकेको छैन । प्रहरीहरु ममता काफ्लेको घरमा अगस्त २ मा गएर पति नरेश भट्टलाई भेट्दा उनि जुलाई ३१ सम्म घरमै रहेको भट्टले प्रहरीलाई बताएका थिए । हाल नरेश भट्ट हिरासतमा छन् भने आज उनि अदालतमा उपस्थित भएका थिए । अदालतले द्रुत सुनुवाई गर्ने आदेश दिएको छ । आज सेप्टेम्बर ५ बिहिबार प्रेस विज्ञप्ति मार्फत मनासस पार्क प्रहरी विभागले ममता काफ्ले बेपत्ताको बारेमा सक्रिय रूपमा अनुसन्धान गर्न जारी राखेको छापा बिज्ञप्तिमा जनाएको छ । प्रहरी विभागका प्रमुख मारियो लुगोले उक्त छापा बिज्ञप्ती जारी गरेका हुन् ।
प्रिन्स विलियम काउन्टी प्रहरी विभाग खोज र उद्धार टोलीको सहयोगमा बिभिन्न क्षेत्रहरूको खोजी गरिरहेका छौं भन्दै बिभिन्न स्थानहरुको नामावली समेत प्रकाशित गरेको छ ।
अनुसन्धानसँग सम्बन्धित प्रमाणहरूको लागि ब्लूम क्रसिङ समुदाय वरपरको क्षेत्र ,मनासस क्रिश्चियन स्कूल(बिद्यालय), क्याम्प क्यारोन्डेलेट, र ब्लूम्स पार्कको एक भाग समेतमा खोज अनुसन्धान गरि रहेको बिज्ञप्तिमा जनाइएको छ ।
मनासस पार्क प्रहरी बिभागका अनुसार उनीहरुका जासूसहरूले हालसालै प्राप्त गरेका अभिलेख (रेकर्ड)हरूको विधिगत समीक्षा मार्फत ती क्षेत्रहरूलाई चासोको स्थानको रूपमा विकास गरेको उल्लेख गरेको छ ।
साथै विभागले समुदायलाई हामीसँग धैर्य धारण गर्न र खोज टोलीहरूलाई खोजी गर्न अनुमति दिन अनुरोध समेत गरेको छ । यस समयमा कुनै थप सहयोग अनुरोध आवश्यक नभएको जनाएको छ । यस समयमा सम्म कुनै प्रमाण फेला नपरेको समेत जनाएको छ ।
कसैलाई ममता काफ्लेको बारेमा यस मुद्दासँग सम्बन्धित जानकारी थाहा भएमा मनसास पार्क प्रहरी विभाग ७०३- ३६१- ११३६ (703-361-1136) मा सम्पर्क गर्न समेत आग्रह गरेको छ । आफ्नो नाम दिन नचाहेमा अज्ञात वा बेनामी रुपमा प्रहरीलाई Manassas City/Manassas Park Crime Solvers, 703-330-0330 वा manassascrimesolvers.org मा समेत सम्पर्क गर्न सकिने छापा बिज्ञप्तिमा जनाएको छ ।
प्रतिकृया दिनुहोस