कृष्ण जन्माष्टमीको अवसरमा अष्ट्रेलियामा भजन कीर्तन सम्पन्न
अष्ट्रेलिया । अष्ट्रेलियाको एडिलेडमा नेपाली भजन कीर्तन समूहले आज कृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। क्लोभेली पार्कस्थित कोस्ग्रोभ हलमा सम्पन्न यस कार्यक्रममा नेपाली समुदायका धेरै भक्तजनहरू सहभागी भएका थिए।
कार्यक्रम दिउँसो २:०० बजे अध्यक्ष खगेन्द्र सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उनले भगवान श्रीकृष्णको जन्मोत्सवको महत्त्वबारे चर्चा गर्दै, यस्तो धार्मिक कार्यक्रमले प्रवासी भूमिमा नेपाली संस्कृति र परम्परालाई जगेर्ना गर्ने विश्वास व्यक्त गरे।
त्यसपछि पूजा, आरती, र भजन कीर्तनको विशेष प्रस्तुति भएको थियो। भक्तजनहरूले भगवान श्रीकृष्णको आराधना गर्दै पूजा अर्चना गरे।
यस विशेष अवसरमा प्रसाद वितरण पनि गरिएको थियो। नेपाली भजन कीर्तन समूहले भगवान श्रीकृष्णको महिमा गाउने भजन र कीर्तनहरू प्रस्तुत गरे, जसले उपस्थित सबैलाई भक्तिमय वातावरणमा डुबायो।
कार्यक्रम राति १०:०० बजे समापन भयो। अध्यक्ष खगेन्द्र सापकोटाले सम्पूर्ण एडिलेडवासी नेपाली समुदायलाई यस कार्यक्रममार्फत भगवान श्रीकृष्णको जन्मोत्सवमा सहभागी भई सफल बनाउन सहयोग गरेकामा धन्यवाद व्यक्त गरे।

प्रतिकृया दिनुहोस