संस्कृतबारे ८ हरफ

विश्वमा ७१५१ बटा भाषा छन् । यतिनै सङ्ख्यामा भाषाहरू सधैंका लागि लोप भैसकेका छन् भने करिव ८०० भाषाहरू लोपोन्मुख छन् र सन् २०५० सम्म करिव ३७० भाषाहरू सधैंका लागि लोप हुने अनुमान गरिएको छ । आधुनिक भाषाशास्त्रीहरूले संस्कृत भाषालाई करिव ५,००० वर्ष पुरानो मानेका छन् भने परम्परागत भारतवर्षीय विद्वानहरूले संस्कृतलाई देवभाषा अर्थात् देवताहरूको भाषाका रूपमा ग्रहण गर्छन् । आजको इतिहासमा विश्वको कुनै पनि कुनामा संस्कृतजति प्राचीनभाषा जीवित छैन । दोश्रो सबैभन्दा प्राचीन जीवित भाषा पनि भारतवर्षकै “तमिल“हो भएको विश्वास गरिन्छ भने चिनियाँ भाषा पनि प्राचीन भएको विश्वास गरिन्छ तर संस्कृतजति होइन ।

आजको मितिमा प्राचीन रोमन, ग्रीकेली भाषाका जानकारहरू त छन् तर यी दूवै भाषालाई मातृभाषाका रूपमा बोल्ने एकजना मान्छे पनि छैन । सन् २०२१ को जनगणनाअनुसार नेपालमा संस्कृत बोल्नेहरूको सङ्ख्या १,३५,४६२ रहेको र २०२२ को रिपोर्टअनुसार भारतमा मातृभाषा नै संस्कृत भएको जनसंख्या २४,८२१ रहेको भेटिन्छ । यसैगरी २०११ मा विश्वभरी संस्कृत बोल्नेको सङ्ख्या २३,६०,८२१ भने सन् २०२४ मा यो जनसंख्या बढेर करिव १५ लाख पुगेको अनुमान गरिएको छ ।

उपर्युक्त डाटाहरू अध्ययन गर्दा विश्वभरी नै संस्कृतभाषाप्रति अभिरुचि भनेको बुझ्न सकिन्छ । हिन्दू, जैन तथा बौद्धहरूमा संस्कृतभाषा जान्नेहरू बढी छन् तर विदेशीहरूमा पनि संस्कृत जान्ने र पढ्ने रहर जागेको छ । नेपालमा पनि वि.स. २०६३ एता संस्कृत पढ्ने÷पढाउने जनसंख्या ह्वात्तै बढेको छ । सबैभन्दा महत्वपूर्ण कुरा, विश्वभरी हरेक दिन २८ संस्कृतभाषामा लेखिएका नवीन कृतिहरू लोकार्पण गरिन्छन् । करिव ८ बटा अन्यभाषाबाट संस्कृतमा अनुवाद गरीएका पुस्तकहरू बजारमा आउँछन् र हरेक दिन गरिव ७० हजार संस्कृतभाषाका पेजहरू वेभसाइटमा अपलोड गरिन्छन् भन्ने अनुमान छ ।

हामी नेपालीहरूको गौरव हो कि हामी हिन्दू, जैन तथा बौद्धहरूसंग संस्कारको प्राचीनतम भाषाको मौलिक अधिकार प्राप्त छ । केही घृणावादीहरूले संस्कृतभाषाप्रति बिष बमन गरे पनि संस्कृत आफैंमा अमृतभाषा भएको कारण आलोचकहरूले समेत क्रमशः आलोचना र निन्दाका लागि भए पनि यसको अध्ययन गर्दैछन् । यो हामी नेपाली तथा भारतेलीहरूका लागि निकै गौरवको कुरा हो ।

हामी हिन्दू, बौद्ध तथा जैनहरूको कर्मकाण्ड र आध्यात्मिक साधनाको भाषा नै संस्कृत भएकोले हरेक दिन यसको जीवन्त प्रयोग भइरहेको छ । आफ्नो गौरवलाई हामीले चिन्नुपर्छ र विश्वका लागि चिनाउने प्रयत्न गर्नुपर्छ । संस्कृत मृतभाषा हो भनेर पहिलो कार्यपत्र प्रस्तुत गर्ने अक्सफोर्डका विद्वान आफै अचम्ममा परेका छन् कि संस्कृत पुनः कसरी विस्तार हुँदैछ ।

संस्कृत जीवन्त भाषा हो भन्ने तत्थ्यहरू सिद्ध गर्न उपरोक्त प्रमाणहरू पर्याप्त छन् । तर संस्कृत नै आफ्नो जरोकिलो भएका हामी भारतवर्षका निवासी र भारतवर्षमूलका विदेशी वा संस्कृतभाषालाई माया गर्ने विदेशी सबैले संस्कृत भाषाको विस्तारमा अझै बढी ध्यान दिनु पर्ने छ । संस्कृत भाषामात्र नभएर एउटा जीवन्त संस्कृति र सभ्यता पनि हो । यो सभ्यताको विकास, विस्तार र प्रवर्धनको गहन जिम्म्वेदारी बोध सबैमा हुनुपर्छ ।

यसै सिलसिलामामा यही भदौं ३ गते, ऋषितर्पणीका दिन जरोकिलो प्रतिष्ठान लगाएत विश्वभरीमा विश्व संस्कृत दिवस मनाउने गरिन्छ । यस पनि पनि जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal सहित अनेकौं संस्थाहरूले सातौं विश्व संस्कृत दिवस मनाउने कार्यक्रम तय गरेको छ । संस्कृत भाषालाई माया गर्ने सबैले आ–आफ्नो ठाउँमा सातौं विश्व संस्कृत दिवसको अवसर पारेर कार्यक्रम गर्नुपर्छ र गर्ने नै छन् । संस्कृत नै सुसंस्कारको आधार हो ।


प्रतिकृया दिनुहोस