प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कानुन विद्यार्थीको दोस्रो सम्मेलन सम्पन्न

पोखरा । प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल कानुन विद्यार्थी दोस्रो सम्मेलन पोखरामा सम्पन्न भएको छ । 

सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटा, विधि आयोग भारतका सदस्य प्रा.डा. राका आर्या, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र के.सी, कानुन कार्य प्रमुख भानु प्रकाश जोशी, अधिवक्ता निकेश कुमार लम्साल, वरिष्ठ अधिवक्ता प्रा.हेमराज गिरिज्यू लगायतको विशेष उपस्थिति रहेको थियो ।

८ वटा विश्वविद्यालयका १४ वटा क्याम्पसमा कानुन विषयमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूको उपस्थिति रहेको सम्मेलनबाट विशेष प्रस्ताव पारित गर्नुका साथै प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कानुन विद्यार्थी कार्य आयामको  "न्यायपथ" नामाकरणसँगै सुदूरपश्चिम विश्वविद्यालयका गजेन्द्र बुढाको संयोजकत्वमा केन्द्रीय समिति घोषणा भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...