चितवनको दियालो बंगला दरबार संग्रहालयमा पर्यटकको भिड
चितवन । आँपटारीस्थित दियालो बंगला दरबार संग्रहालयमा शनिवार पर्यटकको भिड लागेको छ ।
सर्वसाधारणको लागि खुला गरिएसँगै दियालो बंगलामा पर्यटकको आकर्षण बढेको छ । भरतपुर महानगरपालिकाको पहलमा दियालो बंगला सर्वसाधारणको लागि खुला गरिएको हो । राजा महेन्द्रको विंस. २०२८ सालमा दियालो बंगलामा मृत्यु भएको थियो ।
संग्रहालयको अवलोकनकर्ताबाट महानगरले प्रवेश शुल्क १०० रुपैयाँ लिने गरेको छ । शनिवार एक हजार २४० जनाले अवलोकन गरेको नगर प्रहरी प्रमुख कृष्णहरि ढकालले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक बिदाको दिन १६ सय भन्दा बढीले पनि अवलोकन गरेका छन् । अन्य समयमा दैनिक ३०० देखि ५०० जनाले अवलोकन गर्ने गरेको उनले बताए ।
प्रतिकृया दिनुहोस