बंगलादेशमा रहेका हिन्दुमाथिको दमन बन्द होस्: विश्व हिन्दु महासंघ

काठमाडौं । बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न माग गर्दै विश्व हिन्दु महासंघले राजदूताबासलाई ज्ञापनपत्र बुझाएको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा भइरहेका राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुलाई तुरुन्त बन्द गर्न गराउन माग गरेको हो । 

महासंघले जारी गरेको विज्ञप्तिमा भनेको छ‘ बंगलादेश चलिरहेको आरक्षण विरोधी आन्दोलनको आड लागेर सनातन हिन्दु धर्मावलम्वी बंगलादेशी नागरिकहरुको घर–गाँउमा आगो लगाइदिने, मठ मन्दिर ध्वस्त पारिदिने, कुटपिट र हमाला गर्ने जस्ता अराजक आततायी दुष्कममलाई तरुन्तै बन्द गराइ धार्मिक सद्भाव कायम गरी मानव अधिकारको रक्षाको लागि विशेष पहल गर्न बंगलदेश लगायत विश्वभरिका मुस्लिम धर्मगुरुहरु, मानव अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय/अन्तराष्ट्रिय संघ/ संगठन, बंगलादेशका बर्तमान सेना प्रमुख र संयुक्त राष्ट्र संघसँग अनुरोध गदछौं ।’ 

‘ बंगलादेशमा स्थायी बसोबास गरिरहेका हिन्दु सनातनी जनताको पूर्ण सुरक्षाका साथसाथै अध्ययन लगायत अन्य विभिन्न प्रयोजनका लागि अहिले बंगलदेशमा रहेका नेपाल, भारत लगायतका देशका सम्पुर्ण हिन्दु सनातनी नागरिकलाई सुरक्षित रुपमा बसोबास, पेशा व्यवसाय र अध्ययन गर्न पाउने हकको सुरक्षाका लागि संक्रियापुर्वक पहल गर्न नेपाल तथा भारत सरकारको ध्यानाकर्षण’ गराएको उक्त विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...